शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने गभर्नर अधिकारीको धारणा

क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने गभर्नर अधिकारीको धारणा

  • Naveen Sanchar

  • शुक्रबार, फाल्गुन ९, २०८१

  • 206
    Views
क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने गभर्नर अधिकारीको धारणा

नवीनसञ्चार सम्वादाता, काठमाडौँ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा ‘South Asia Region Financial Inclusion Initiative (SARFII)’ बैठक काठमाडौंमा सम्पन्न भएको छ । उक्त बैठकमा सेन्ट्रल बैंक अफ श्रीलङ्काका गभर्नर डा. पी. नन्दलाल वीरासिंघे, बङ्गलादेश बैंकका डेपुटी गभर्नर डा. मोहम्मद हबिबुर रहमान, माल्दीभ्स मनिटरी अथोरिटीका डेपुटी गभर्नर इमाद अहमद, सेन्ट्रल बैंक अफ पाकिस्तानका कार्यकारी निर्देशक स्येद समर हुस्नैन, बङ्गलादेशको अर्थ मन्त्रालयका सहसचिव कमरुल हक मारूफको उपस्थिति थियो । स्वागत मन्तव्य राख्दै गभर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको लक्षित उद्देश्य प्राप्तिका निम्ति SARFII को गतिविधिलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । त्यसको लागि क्षेत्रीय सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँको धारणा थियो । आगामी पाँच वर्षका निम्तिदिगो, समावेशी र नवप्रवर्तनात्मक वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेन्डालाई बैठकमा प्राथमिकता दिइएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha