बुधबार, फाल्गुन २८, २०८१ | March 12, 2025

राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

  • Naveen Sanchar

  • मङ्लबार, असार २६, २०८१

  • 32
    Views
राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

 

काठमाडौँ, असार २२ गते । प्रा. राजेन्द्र सुवेदी स्मृति पुरस्कार प्रथम पटक वरिष्ठ समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई प्रदान गर्ने निर्णय भएको छ ।

राजेन्द्र सुवेदी स्मृति केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा समाजको कार्यालयमा शुक्रबार बसेको बैठकले सो निर्णय भएको हो ।

वरिष्ठ समालोचक तथा निबन्धकार प्रा. राजेन्द्र सुवेदीको स्मृतिमा उहाँको परिवारले दश लाख राशिको अक्षयकोष राखी यो पुरस्कार घोषणा गरेको हो ।

पुरस्कार आगामी साउन १९ गते राजेन्द्र सुवेदीको जन्म जयन्तीको अवसर पारेर प्रदान गरिनेछ । पुरस्कारको राशि जनही २१ हजार रुपियाँको रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha