सोमवार, भदौ २९, २०८३ | September 14, 2026

भानुभक्तको ज्योतिपथ

भानुभक्तको ज्योतिपथ

  • Naveen Sanchar

  • मङ्लबार, असार २६, २०८१

  • 299
    Views
भानुभक्तको ज्योतिपथ

शान्ति पौडेल

 

रामका आदर्श सृष्टि गर्ने मार्गदर्शक भानुभक्त
महलबाट रामको वनवास यात्राको हितोपदेश उनै भानुभक्त
लोकका लागि जस्तो पनि काम गर्नुपर्छ भन्ने
एक प्रेरणाका धार भानुभक्त।
समग्र संस्कारित विषयमा भाव प्रदान गरेर
सरकारबाट विभुतिको उपाधि प्राप्त गर्ने
महामानव भानुभक्त

उनैका यिनै प्रेरणाबाट धेरै कुरा सिकौँ
उनैका थरिथरिका छन्दबाट नयाँ रस झिकौँ
भानु तिम्रो सिद्धान्त पालना गर्ने यस युगमा कम हुँदैछन् किन
नेपाली भाषा वाणीको पहिलो प्रणको ऋणले भाषाको इतिहास कहिल्यै मुक्त हुन सक्दैन।

जसरी टुक्राटुक्रा भएको राज्यलाई
एक राष्ट बनाउने पृथ्वीनारायण थिए
विभक्त र छरपष्ट भएको नेपाली भाषा संस्कृति
एकमुष्ट बनाउने उनै भानुभक्त थिए ।
भाषा साहित्यमा खोटैखोट हुन्छन् रे अहिले त
लेखनमै पनि असभ्यता कति
तीतिका कुरा पटक्कै छैनन्
कहाँ छौ तिमी भानुभक्त ?

भानु जयन्तीका दिन भानु रचत छन्द गुनगुनाउन पाऊँ
सबैका जिब्रोमा रामायण झुन्डिएको सुन्न पाऊँ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha