बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

विश्वकप छनोट खेलका लागि नेपाली फुटबल टोली साउदी आईपुग्यो

विश्वकप छनोट खेलका लागि नेपाली फुटबल टोली साउदी आईपुग्यो

  • Naveen Sanchar

  • सोमवार, जेष्ठ २१, २०८१

  • 138
    Views
विश्वकप छनोट खेलका लागि  नेपाली फुटबल टोली साउदी आईपुग्यो

नबिन संचार साउदी अरव
फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोश्रो चरणमा युएईविरुद्धको ‘होम´ र यमनविरुद्धको `अवे´ खेल खेल्न नेपाली फुटबल टोली साउदी अरब आइपुगेको छ।

नेपाली राष्ट्रिय टोलीलाई दमाम्म अन्तर्राष्ट्रिय विमानस्थलमा साउदीको फुटबल सम्बधित अधिकारी , नेपाली राजदूतावासको प्रतिनिधि ,एनआरएनए लगायत ,साउदीमा सक्रिय नेपाली संघसंगठनका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।
नेपाल र युएईबीचको खेल ६ जुन अर्थात् यहि जेठ २४ गते साउदीको दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । यो खेल नेपाली समयानुसार राति ९:४५ बाट शुरु हुनेछ ।नेपालले विश्वकप छनोटको अन्तिम खेलको रुपमा यमनविरुद्ध ११ जुन अर्थात् जेठ २९ गते ‘अवे म्याच’ पनि साउदीमै खेल्ने छ ।
नेपाली टोलीमा
गोलकिपर : किरणकुमार चेम्जोङ, अभिषेक बराल र विशाल सुनार
डिफेन्डर : अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ र सौभाग्य राई
मिडफिल्डर : भरत खवास, लाकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ र आषिश राई
फरवार्ड : आयुष घलान, आशिक बाबु चौधरी, गिलेस्पीजंग कार्की, हिसुब थपलिया र सञ्जीव विष्ट


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha