शनिबार, माघ १८, २०८२ | January 31, 2026

गैरआवासीय नेपाली संघले लगानी सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने

गैरआवासीय नेपाली संघले लगानी सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने

  • Naveen Sanchar

  • मङ्लबार, चैत्र ६, २०८०

  • 137
    Views
गैरआवासीय नेपाली संघले लगानी सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने
काठमाडौँ,
गैरआवासीय नेपाली संघले लगानी सम्मेलन २०२४ मा नेपाल सरकारसँग सहकार्य गर्ने भएको छ । संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डल र  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच  सोमबार (चैत ५ २०८०) भएको छलफल कार्यक्रममा लगानी सम्मेलनमा सहकार्य गर्ने निर्णय गरिएको हो । छलफलमा गैरआवासीय नेपालीहरुको लगानी नेपालमा भित्र्याउने, लगानी शिखर सम्मेलन २०२४ मा गैरआवासीय नेपाली संघको सहकार्य र सहभागितामा केन्द्रित थियो ।
सो अवसरमा अध्यक्ष डा केसीले लगानी सम्बन्धि यस्ता सम्मेलन वर्षेनी आयोजना गर्न सके विदेशमा रहेका नेपाली र विदेशीको समेत लगानी भित्र्याउन सकिने धारणा व्यक्त गर्नुभयो एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत हाल  गैरआवासीय नेपालीको १० अर्बको लगानी नेपालमा भित्र्याउन सक्रिय परियोजनालाई भविष्यमा ५० अर्बसम्म पुर्याउने लक्ष्य संघको रहेकोले लगानीका क्षेत्र पहिचानमा सरकारको सहयोग र परामर्श आवश्यक रहेको डा केसीको भनाई थियो ।
छलफलका क्रममा लगानी बोर्डका प्रमुख सुशिल भट्टले संसारभरिबाट नेपालमा लगानी गर्न सक्षम तथा उत्सुक नेपालीहरु तथा बिदेशीहरुसंग समन्वय गरेर लगानी सम्मेलनमा प्रभाबकारी सहभागिता जनाउन संघसंग अनुरोध गर्नुभयो|
विगतमा गैरआवासीय नेपाली संघसँग सरकारले महत्वपूर्ण योजना तथा कार्यक्रममा सहकार्य गरेको स्मरण गर्दै लगानी सम्मेलनमा पनि संघको सहभागिता सक्रिय रुपमा हुने विश्वास व्यक्त गर्नुभयो । छलफलमा अध्यक्ष डा केसीसहित एनआरएनएका प्रमुख कार्यकारी अधिकृत नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई र अधिकृत कुनाल मिश्रको उपस्थिति रहेको थियो


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha