
देवी बहादुर कार्की, साउदी अरब
शुक्रबार मोरङसुनसरी सेवा समाज साउदी अरेबियाले नेपाली राजदुतावास रियादमा एउटा परिचयात्मक भेटघाटको कार्यक्रम साथै पीडित करण कुमार चौधरी लाई आर्थिक सहयोग र एकतर्फी हवाई टिकट प्रदान गर्ने निर्णय गरेको छ।
उक्त भेटघाटमा मोरङसुनसरी सेवा समाज साउदी अरेबियाको मिति २०२४ फरवरी ०९ तारिख भएको तेस्रो साधरणसभा पश्चात २०२४ – २०२६ कार्यकालको दिपक थापाको नेतृत्वमा गठित कार्यसमितिले नेपाली राजदुतावास रियाद परिचयात्मक भेटघाट गरेको थियो। उक्त भेटघाटमा दूतावासको तर्फबाट महामहिम राजदुत नवराज सुवेदी , प्रथम सचिब टिएन गिरी , मिनिस्टर काउन्सिलर डा. डम्मरु बल्लव पौडेल , श्रम सहचारी देवेन्द्र कार्की साथै मोरङसुनसरी सेवा समाज साउदी अरेबियाको तर्फबाट अध्यक्ष दिपक थापा , उपाध्यक्ष राज चेम्जोङ लिम्बू , सहसचिवहरु लोक बहादुर पुरी , सन्जिव कोईराला , जयन्ती लिम्बू , कोषाध्यक्ष खेमराज कार्की , सहकोषाध्यक्ष शिवराज अधिकारी , सदस्यहरु कमल महतो सपरिवार , रोशन बस्नेत , शर्मिला लिम्बू, सीता थापा क्षेत्री , केन्द्रिय सल्लाहकार तथा प्रवास संयोजक कुमार कार्की , संस्थापक अध्यक्ष तथा सल्लाहकार हेम सुवेदी , सल्लाहकार अरुण केसी को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारीले आफ्नो परिचय राख्नुभएको थियो, साथै अध्यक्ष दिपक थापाले ०९ फरवरी २०२४ का दिन सम्पन्न तेस्रो साधरणसभामा महामहिम राजदुत नवराज सुवेदी ko प्रमुख आथित्वमा बिशेष अतिथि मिनिस्टर काउन्सिलर तथा नियोग उपप्रमुख डा. डम्मरु बल्लव पौडेल , प्रथम सचिब टिएन गिरी लगाएत नेपाली राजदुतावास परिवार अतिथिको रुपमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन तथा आभार व्यक्त गर्नुभएको थियो। २०२४ – २०२६ कार्यकाल सम्मको लागि कार्यसमिति र सल्लाहकार समितिको नामावली बाचन गरेर जानकारी दिनुभएको थियो। संस्थाले आगामी दिनमा नेपाली राजदुतावासको सहकार्यमा गरिने कामहरुको जानकारी राख्नु भएको थियो। उक्त पत्र महामहिम राजदुत समक्ष हस्तान्तरण गर्नुभएको थियो।
मोरङसुनसरी सेवा समाज नेपालका केन्द्रिय सल्लाहकार तथा प्रवास समन्वय संयोजक कुमार कार्की ले संस्थाले बिगतमा गरेका सामाजिक , उद्यमशिल कार्यहरु र स्वास्थ समन्धित कार्यहरुको जानकारी राख्दै आगामी दिनहरुमा मोसुले नेपाल र प्रवास शाखाले गर्ने कार्यहरुको बारेमा प्रष्ट पार्नुभएको थियो।
दूतावासको तर्फबाट महामहिम राजदुत नवराज सुवेदी , डा. डम्बरु बल्लव पौडेल , टिएन गिरी , देवेन्द्र कार्की ले नव कार्यसमिति लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुका साथै मोरङसुनसरी सेवा समाज साउदी अरेबिया सङ आगामी दिनमा यहाँ हुने समस्याहरुलाई हल गर्न सहकार्य गर्ने बताउनु भयो।
अन्त्यमा सुनसरी जिल्ला स्थित ईटहरी १८ निवासी पिडित करण कुमार चौधरी कार्यरत कम्पनीमा समस्या आई निजलाई आर्थिक सहयोग र एकतर्फी हवाई टिकट सहयोगको प्रस्ताव नेपाली राजदुतावास रियाद बाट मोरङसुनसरी सेवा समाज साउदी अरेबिया समक्ष आएको हुदा संस्थाले निजको लागि आर्थिक सहयोग दुई हजार (२००० /-) साउदी रियल संस्थाका अध्यक्ष दिपक थापाले महामहिम राजदुत नवराज सुवेदी समक्ष हस्तान्तरण गर्नुभएको थियो साथै घर फिर्तीको लागि आवश्यक पर्ने एकतर्फी हवाई टिकट निजको एक्जिट भिषा लाग्न साथ तत्काल हवाई टिकट उपलब्ध गराउने निर्णय गर्नुभएको थियो।