शनिबार, चैत्र १, २०८१ | March 15, 2025

भूकम्पपीडितलाई नागार्जुन नगरपालिकाको दुई लाख सहयोग, बढी चहलपहल हुने स्थानमा सीसीटिभी जडान गरिने

भूकम्पपीडितलाई नागार्जुन नगरपालिकाको दुई लाख सहयोग, बढी चहलपहल हुने स्थानमा सीसीटिभी जडान गरिने

  • Naveen Sanchar

  • शुक्रबार, मंसिर १, २०८०

  • 363
    Views
भूकम्पपीडितलाई नागार्जुन नगरपालिकाको दुई लाख सहयोग, बढी चहलपहल हुने स्थानमा सीसीटिभी जडान गरिने

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नागार्जुन नगरपालिकाले गत कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट प्रभावितको राहत र पुनस्र्थापना लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा मृतकप्रति समवेदना समेत प्रकट गरेको छ ।
नगरपालिका अन्तर्गत बढी चहलपहल हुने स्थान लगायत अन्य आवश्यक स्थानमा सीसीटिभी जडान ठेक्का प्रक्रियाको कार्य अगाडि बढाउने निर्णय गरेको छ । आ.व. २०८०।०८१ को वार्षिक बजेटमा सिसिटिभी जडान शीर्षकमा विनियोजित बजेट कार्यान्वयनका सम्बन्धमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीसँग नगरप्रमुखले एक समझदारी पत्रमा हस्ताक्षर गर्ने नगरपालिकाले निर्णय गरेको हो । नगरप्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाले तोकेका स्थानमा स्मार्ट सडक बत्ती जडानका लागि नगरप्रमुखले नेपाल विद्युत प्राधिकरणसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय समेत गरेको छ ।
साथै बैठकमा नगरपालिकाको वडा नं. ३, इचंगुनारायण मन्दिरमा मंसिर ७ गते विहीबारका दिन हरिबोधनी एकादशीको दिन लाग्ने विशेष मेलाका अवसरमा दिँइदै आएको सार्वजनिक विदालाई निरन्तरता दिदैँ मेला व्यवस्थापनको लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको नगर प्रवक्ता महेश रिमालले बताउनुभयो । बैठकमा नगरप्रमुख बस्नेत, उपप्रमुख सुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, नगर प्रवक्ता रिमाल लगायत वडा अध्यक्षको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha