आइतवार, जेष्ठ ३१, २०८३ | June 14, 2026

हर्मोनल रोगपीडित मीरा थापाको जीवन रक्षाका लागि अनुरोध

हर्मोनल रोगपीडित मीरा थापाको जीवन रक्षाका लागि अनुरोध

  • Naveen Sanchar

  • बुधबार, अशोज ३, २०८०

  • 277
    Views
हर्मोनल रोगपीडित मीरा थापाको जीवन रक्षाका लागि अनुरोध

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । गोरखा जिल्ला, बारपाक सुलिकोट गाउँ पालिका, वडा नं. ५, लाकुरीबोट निवासी टेक बहादुर थापा (थरी जेठा)को छोरी समृद्ध ताकु युवा समाजको आजीवन सदस्य २९ बर्षीय मीरा थापा अति दुर्लभ हर्मोनल रोग ACTH-Dependent Causing’s Syndrome को कारण टाउको र मृगौला को उपचार तथा अप्रेसन नेपालमा सम्भव नभएपछि शिक्षण अस्पताल महाराजगञ्जको रिफरमा भारतको नयाँदिल्लीस्थित अल इण्डिया ईस्टिच्युट अफ मेडिकल साईन्सेज मा उपचाररत हुनुहुन्छ । उहाँको टाउको र मृगौला अप्रेसनको लागि १० देखि १२ लाख रुपैयाँसम्म लाग्ने र उहाँको घरको आर्थिक अवस्था कमजोर भएकाले बिरामीको बैंक खाता नम्बरमा रकम जम्मा गरी उहाँको जीवन रक्षाको लागि सहयोग गरिदिन समृद्ध ताकु युवा समाजले अनुरोध गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha