
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाली नारीको महान पर्व हरितालिका (तीज) अष्ट्रेलियाको तास्मनियामा पनि मनाइएको छ । नारीनिकुञ्ज तास्मनियाले आयोजना गरेको यसपाली तीज, मनाऔँ सबैकोबीच कार्यक्रममा पाँच सय नेपालीको सहभागिता रहेको थियो । समारोहमा तीज गीत, नृत्य, दरखाने कार्यक्रम समेत सञ्चालन भएको थियो । नेपालको मौलिक संस्कृति संरक्षण तथा नारी सशक्तीकरणका लागि कार्यक्रम आयोजना गरिएको नारी निकञ्ज तास्मनियाले जनाएको छ । कार्यक्रमको टाइटल स्पोन्सर इन्ट्याक्ट माइग्रेसन सर्भिसेज रहेको थियो ।