
असीम लोप्चन तामाङ
माल्टा । माल्टाको गोजोमा पनि ‘तीजको रहर आयो बरिलै’, ‘कमाउने नि हो, रमाउने नि हो’ लगायतका तीज गीत घन्किएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए), स्थानीय समन्वय समिति, गोजोद्वारा आयोजित तीज विशेष कार्यक्रममा ती गीतमा स्थानीय नेपालीलले नृत्य गरेका हुन् ।समारोहका प्रमुख अतिथि संघकी राष्ट्रिय समन्वय परिषद् माल्टाका महिला उपाध्यक्ष सबनम गुरुङ , विशिष्ट अतिथि कार्यवाहक अध्यक्ष मधु गुरुङ , एनआरएनए एनसीसी माल्टाका उपाध्यक्ष सत्यनारण झा र प्रेम फम्बो लिम्बू , आइसीसी युरोप युवा संयोजक पदका उम्मेदवार प्रकाश भण्डारी, व्यवसायी जिके शर्मा , मगर समाज माल्टाका अध्यक्ष रमन थापा मगर, तामाङ समाज माल्टाका महासचिव अशिम तामाङ लगायतका अतिथि तथा माल्टाबासी नेपालीको सहभागिता रहेको थियो । कार्यक्रम समापन एलसीसी गोजोका संयोजक विशाल बगालेले गर्नुभएको थियो । उपस्थित गोजोबासी र माल्टाबासीमा एनआरएनए, एनसीसी माल्टाका अध्यक्ष रेमलाल खनालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।समारोहमा संघका क्षेत्रीय संयोजक विशाल बगाले, सदस्य सचिव सुनिल घले, संरक्षक एवं कार्यक्रम सञ्चालक शैलेन्द्र लामिछाने,सल्लाहकार रेश्मा राई पराजुली, कोषाध्यक्ष विकास अधिकारी, व्यवसायी सन्तोष पाठक, सामाजिक अभियान्ता हरि बिसी लगायतको समेत उपस्थिति थियो ।