
नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । नेपाल गोरखा परिवार, दक्षिण कोरियाको बाह्रौं अधिवेशनबाट दीपक श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्ष देवी गौतम, उपाध्यक्ष अनिल भट्टराई, मिलन श्रेष्ठ र जीवन श्रेष्ठ, महिला उपाध्यक्ष मिता गुरुङ, महासचिव अशोक खड्का, सचिव राजन बोहोरा र सुवास बगाले, कोषाध्यक्ष भोजराज खनाल, सह-कोषाध्यक्ष सहदेव बानियाँ, विद्यार्थी संयोजक तारानाथ लामिछाने र महिला संयोजक कुसुम देवकोटा रहनुभएको छ । सदस्यमा कृष्ण कुमार श्रेष्ठ, कमल कोईराला , पिताम्बर पाण्डे, राजकुमार गुरुङ र मुन राना रहनुभएको छ ।