आइतवार, चैत्र १, २०८२ | March 15, 2026

अल कासिममा स्वास्थ्य शिविर, ६९ नेपाली श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

अल कासिममा स्वास्थ्य शिविर, ६९ नेपाली श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

  • Naveen Sanchar

  • शनिबार, भदौ २३, २०८०

  • 351
    Views
अल कासिममा स्वास्थ्य शिविर, ६९ नेपाली श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । साउदी अरबस्थित गैरआवासीस नेपाली संघ, क्षेत्रीय समन्वय समिति, अलकासिमले साल्मियास्थित रोम सिसा फेक्ट्रीमा “ श्रमिक सचेतना तथा स्वास्थ्य शिविर सम्पन्न् गरेको छ । शिविरमा नृपाली श्रमिकको निल्शुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै परामर्श दिइएको थियो । नेपाली राजदूतावास रियादका “लेवर काउन्सलर” देवेन्द्रराज कार्की, गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदूतावास रियादका अलकासिम प्रतिनिधि विशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार तथा एनसीसी साउदी अरबका पूर्व युवा संयोजक राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव तथा आरसीसी सल्लाहकार ध्रुबराज कटुवाल लगायत आरसीसी र एनसीसी पदाधिकारीको उपस्थिति रहेको थियो ।

शिविरमा विशेषज्ञ चिकित्सक माजिदले उक्त कम्पनी र नजिकका अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिनुभएको थियो । मधुमेह र उक्तरक्तचापका अधिक जोखिम भएका केही बिरामीलाई तत्काल नियमित स्वास्थ्य परीक्षण गरी औषधि सेवन गर्नेसल्लाह दिइएको थियो । साथै आफ्नो काम र खानपानमा उच्च सतर्कता अपनाउन लागी डा. माजिदले परामर्श दिनु भएको थियो।


कार्यक्रम समापनको अवसरमा बोल्दै एनआरएनए आईसीसी सदस्य श्रेष्ठले भविष्यमा यस्ता कार्यक्रम अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै र धेरै श्रमिकलाई सेवा विस्तार गर्दै जाने बताउनुभयो । एनसीसी सचिव ध्रुवराज कटुवालले साथ सहयोगको प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रम समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारीले उपस्थित सबै महानुभावलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा स्रोत साधनले भ्याएसम्म यस्ता कार्यक्रम नियमित आयोजना गर्दै जाने जानकारी दिनुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha