शुक्रबार, फाल्गुन ३०, २०८१ | March 14, 2025

साउदी अरबका दिदीबहिनीले नेपालको झल्को दिँदै मनाए तीज

साउदी अरबका दिदीबहिनीले नेपालको झल्को दिँदै मनाए तीज

  • Naveen Sanchar

  • शुक्रबार, भदौ २२, २०८०

  • 356
    Views
साउदी अरबका दिदीबहिनीले नेपालको झल्को दिँदै मनाए तीज

काठमाडौँ । विदेशमा रहेका नेपालीले स्वदेशको मौलिक संस्कृति नभुलेको प्रमाणित गरेका छन् । साउदी अरेबियामा रहेका नेपाली महिलको साझा मञ्च समूह दिदिबहिनी समूहले आयोजना गरेको तीज विेशेष कार्यक्रमले यसको पुष्टि गरेको छ । नेपाली पहिरनमा सजिएका महिलाले तीज गीत र नृत्य प्रस्तुत गर्दा नेपालमै रहेको महसुस भएको कार्यक्रमका एक सहभागीले नवीनसञ्चारलाई बताउनुभयो । तीज गीतमार्फत महिललाले आफ्ना वेदना प्रस्तुत गर्नुका साथै समसामयिक सामाजिक समस्या तथा विकृतिप्रति असन्तुष्टि पोख्नुभएको थियो । नेपालबाट निकै टाढा बिरानो मुलुकमा रहेपनि मौलिक संस्कृतिको प्रवद्र्धन गर्न खोबारको अल खोबारस्थित गल्फ दरबार होटलमा आयोजित समारोहमा साउदी अरबमा रहनुभएका नेपालीको उत्साहजनक उपस्थिति रहेको थियो । दर खाने कार्यक्रमले समारोहको रौनक झनै बढाएको थियो । कार्यक्रमले एकदिन भएपनि प्रवासका सम्पूर्ण पीडा भुलाएको सहभागीको भनाइ छ ।

कार्यक्रमको मिडिया पार्टनर बन्ने अवसर दिनुभएकोमा आयोजकप्रति नवीनसञ्चार अनलाइनले हार्दिक आभार प्रकट गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha