बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

महिनावारीबारे चेतनामूलक प्रशिक्षण

महिनावारीबारे चेतनामूलक प्रशिक्षण

  • Naveen Sanchar

  • मङ्लबार, भदौ १९, २०८०

  • 130
    Views
महिनावारीबारे चेतनामूलक प्रशिक्षण

काठमाडौँ । महिनावारी शुरू हुने उमेर समूहका किशोरीले सामना गर्ने शारीरिक र मनोवैज्ञानिक परिवर्तन र महिनावारीको समयमा उचित सरसफाइ कायम राख्ने तरिकाबारे गैर आवासीय नेपाली संघ (एनआरएनए), किर्गिजस्तानले शाखाले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । एनआरएनए, किर्गिजस्तानकी कोषाध्यÞक्ष मीना ज्ञवालीले काठमाडौंका पाँचवटा विद्यालय महेन्द्र आदर्श माध्यमिक विद्यालय, इमाडोल ललितपुर, पिस प्वान्ट स्कूल ललितपुर ,कोटेश्वर सरस्वती स्कूल काठमाडौं ,मदन स्मारक स्कूल ललितपुर र हिमालयन कलेज कोटेश्वरमा प्रशिक्षण उक्त प्रशिक्षण दिनु भएको होे । प्रशिक्षण कार्यक्रमको प्रत्येक सत्रमा ५० भन्दा बढी सहभागीले सहभागिता जनाएका थिए । एनआरएनए, किर्गिजस्तानले तालिम सत्रमा भाग लिएका विद्यालयका विद्यार्थीमा प्रतिस्पर्धा गराई पहिलो दोश्रा र तेस्रा हुनेहरू लाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha