शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

  • Naveen Sanchar

  • शुक्रबार, भदौ १५, २०८०

  • 393
    Views
एनआरएनए साउदीद्वारा सहयोग रकम हस्तान्तरण

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास जेद्धाद्वारा दुर्गा बहादुर सुनारलाई उद्धार गर्न गरिएको अपिल अनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, साउदी अरबले आफ्नो मातहतका क्षेत्रीय समन्वय समिति र नेपाली जनसमुदायसंगको समन्वयमा सुनारको उद्धारका लागि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेकोमा सङ्कलित रकम साउदी रियाल पन्ध्र हजार आठ सय सत्र नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरिएको छ । अभियानमा जोडिनु भएका संघका पदाधिकारी, सहयोगी मनका धनी दानवीर दाता, अपिल पश्चात् अभियान सञ्चालन गरी सहयोग रकम संकलन गर्नुहुने विभिन्न संघ संस्था एवम् समाजसेवी तथा सहयोगी दाताप्रति एनआरएन एनसीसी साउदी अरबले धन्यवाद ज्ञापन गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha