शनिबार, चैत्र १, २०८१ | March 15, 2025

उपन्यास समाज नेपालद्वारा भारतीको ‘अनुपम देवता’माथि परिचर्चा

उपन्यास समाज नेपालद्वारा भारतीको ‘अनुपम देवता’माथि परिचर्चा

  • Naveen Sanchar

  • शुक्रबार, भदौ ८, २०८०

  • 88
    Views
उपन्यास समाज नेपालद्वारा भारतीको ‘अनुपम देवता’माथि परिचर्चा

काठमाडौँ । उपन्यासकार शंकर भारतीको ‘अनुपम देवता’ उपन्यासको तेस्रो सस्करण सार्वजनिक भएको छ । उपन्यास समाज नेपालले अनामनगरस्थित सामाजिक विकास समाजमा आयोजना गरेको एक अन्तक्र्रिया कार्यक्रमबीच उपन्यासका विविध पक्षबारे परिचर्चा गरिएको छ । उपन्यासको पहिलो सस्करण वि.सं. २०२७ सालमा प्रकाशित भएको थियो ।साहित्यकार श्रीओम ‘रोदन’श्रेष्ठको अध्यक्षता तथा साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा उपन्यासकार  भारतीले आफ्नो साहित्य साधना तथा उपन्यास लेखनका सम्बन्धमा चर्चा गर्नु भएको थियो । सो अवसरमा आफूले निकै मिहिनेत गरेर लेखेको विधा उपन्यास नै भएको  भारतीले बताउनुभयो ।समारोहमा उपन्यासबारे समालोचक डा. दामोदर पुडासैनी, डा. शान्तिमाया गिरी, डा. रामप्रसाद ज्ञवाली, डा. मधुसूदन लामिछाने, डा. दिनबन्धू शर्माले आआफ्नो पाठकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।यसैगरी प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार शर्मा, अध्यक्ष श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदी, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोक, महासचिव देविका तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले स्वागत तथा विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।यसअघि भारतीका अर्को जुनीमा, तपस्या, अनुपम देवता, महापुरुषको सन्तान, अग्निपरीक्षा लगायतका औपन्यासिक प्रकाशित भइसकेका छन् । उहाँको जन्म वि.सं. २०१३ सालमा काठमाडौँको डिल्लीबजारमा आमा मिश्रीदेवी र बुवा श्रीप्रसाद भारतीको कोखबाट भएको थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha