
काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)नेपाल र नेपाल चिकित्सक संघ(एनएमए)को संयुक्त आयोजनामा विश्व युवा दिवस मनाइएको छ । सो अवसरमा प्रभातफेरीपश्चात् चिकित्सक संघको कार्यालयमा कोणसभा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालका चिकित्सक विदेश पलायन हुने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गनुभएको थियो । युवा तथा दक्ष चिकित्सक नेपाल र नेपालीकै सेवामा संलग्न भएमा मुलुकको समृद्धिमा टेवा पुग्ने उहाँको धारणा थियो ।’वाक द टक’ नाम दिइएको उक्त कार्यक्रम माइतीघर मण्डलबाट प्रारम्भ भई भृकुटीमण्डपस्थित संघको कार्यालय परिसरमा पुगी समापन गरिएको थियो । वर्षाको समेत पर्वाह नगरी कार्यक्रममा चिकित्सकले छाता ओडेर उत्साहजनक सहभागिता जनाउनुभएको थियो ।