बिहिबार, फाल्गुन २९, २०८१ | March 13, 2025

धर्म, ज्योतिष तथा वास्तु सम्मेलन सुरु

धर्म, ज्योतिष तथा वास्तु सम्मेलन सुरु

  • Naveen Sanchar

  • शुक्रबार, साउन १९, २०८०

  • 87
    Views
धर्म, ज्योतिष तथा वास्तु सम्मेलन सुरु

बुटवल । विश्व ज्योतिष महासंघ, लुम्बिनी प्रदेशको आयोजनामा दुईदिने धर्म, ज्योतिष तथा वास्तु सम्मेलन शुक्रबार सुरु भएको छ ।
धर्म र जीवनसँग जोडिएका विषयमा पण्डित र ज्योतिषलाई यथेष्ट जानकारी गराउने उद्देश्यसहित साउन १९ र २० गते सम्मेलन आयोजना गरिएको हो । कार्यक्रमको सहआयोजक लुम्बिनी पूजा सामग्री भण्डार रहेको छ । शुक्रबार धर्मशास्त्र विशेषज्ञ प्रा.डा.देवमणि भट्टराईले अशौच परिचय र निर्णयहरू विषयक कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

शनिबार ज्योतिष शास्त्रमा वैदेशिक यात्राका विषयमा उपप्राध्यापक लक्ष्मीप्रसाद बराल, प्रशिक्षण वास्तु तथा जीवनमा डा.माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपाल र भारतबाट उल्लेख्य सहभागिता रहेको महासंघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन न्यौपानेले बताउनुभयो । सनातन धर्म पद्धतिअनुसार आशौच परिचय र निर्णयहरू बुझ्न र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सम्मेलन महत्वपूर्ण सावित हुने बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha