शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

कार्यवाहक महालेखापरीक्षकमा महेश्वर काफ्ले

कार्यवाहक महालेखापरीक्षकमा महेश्वर काफ्ले

  • Naveen Sanchar

  • बिहिबार, साउन १८, २०८०

  • 558
    Views
कार्यवाहक महालेखापरीक्षकमा महेश्वर काफ्ले

काठमाडौँ । कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्लेले प्राप्त गर्नुभएको छ । निवर्तमान कार्यवाहक महालेखापरीक्षक राममाया कुँवरको अवकाशसँगै काफ्ले सो पदमा विहीबार नियुक्त हुनुभएको हो ।
नेपाल सरकार मन्त्रीपरिषद्को २०७८ कार्तिक ११ को निर्णयानुसार काफ्ले  निजामती सेवा ऐन, २०४९ को दफा १९(२) बमोजिम नेपाल लेखापरीक्षण सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा भई सो कार्यालयमा पदस्थापन हुनु भएको थियो । कार्यवाहक महालेखापरीक्षक काफ्लेले काफ्लेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र जनप्रशासन विषयमा स्नातकोत्तर तथा कानूनमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । लेखापरीक्षणका क्षेत्रमा उहाँको २९ वर्षको अनुभव सहित स्थानीय तहको लेखापरीक्षण मार्गदर्शन, लेखापरीक्षणमा नागरिक समाजको सहभागिता, कार्यमूलक लेखापरीक्षण मार्गदर्शन, क्षेत्रगत लेखापरीक्षण मार्गदर्शन र निर्देशिका तयारीमा संलग्न रहेको अनुभव समेत रहेको छ । उहाँले पाकिस्तानमा आयोजित कार्यमूलक लेखापरीक्षण तालिम, भारतमा आयोजित सार्वजनिक संस्थानको लेखापरीक्षण तालिम लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिममा सहभागी भई प्रशिक्षण प्राप्त गर्नुभएको छ । निवर्तमान महालेखापरीक्षक टंकमणि शर्मा दंगालको अवकाससँगै महालेखापरीक्षकको पद रिक्त छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha