सोमवार, चैत्र २, २०८२ | March 16, 2026

नागार्जुन-१ मा बजार अनुगमन

नागार्जुन-१ मा बजार अनुगमन

  • Naveen Sanchar

  • बुधबार, साउन १७, २०८०

  • 348
    Views
नागार्जुन-१ मा बजार अनुगमन

काठमाडौँ । नागार्जुन नगरपालिका नागार्जुन वडा नं. १ मा बुधबार बजार तथा व्यवसाय अनुगमन गरिएको छ । नगरपालिकाको वडा नं. १ १ का वडा अध्यक्ष रामेश्वर लामाको सक्रियतामा बजार अनुगमन गरिएको हो । अनुगमन कार्यक्रममा वडा नं. १ का वडा सदस्य ,नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीको उपस्थित रहेको थियो । सो अवसरमा जनप्रतिनिधि तथा कर्मचारीले स्थानीयस्तरमा सञ्चालित विभिन्न व्यवसाय, खाद्यान्न, तरकारी, किराना पसल, होटल,रेस्टुरेन्ट, व्युटी पार्लर, औषधि पसल आदिको अनुगमन गरिएको वडा कार्यालयले जनाएको छ । गुणस्तरीय वस्तु, सेवा बिक्री वितरण गन, व्यवसाय नियमानुसार सम्बन्धित निकायमा दर्ता गरी सञ्चालन गर्न तथा अनुचित मूल्य नलिन व्यवसायीलाई सचेत गराउने उद्देश्यले नियमित रुपमा बजार अनुगमन गर्दै आएको वडा अध्यक्ष लामाले नवीनसञ्चारलाई बताउनुभयो । नियमित अनुगमनका कारण व्यवसायी सचेत भई कैफियत नभेटिएको लामाले जानकारी दिनुभयो । भविष्यमा अनुगमन निरन्तर गरिने र कुनै कैफियत भेटिएमा कानूनी कार्वाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने वडा सचिव भुवन गिरीको भनाई छ ।
वडा कार्यालयले निरन्तर बजार अनुगमन गरी उपभोक्ता हकहितका पक्षमा क्रियाशीलता देखाएकोमा वडाबासीले खुशी व्यक्त गरेका छन् ।

बजार अनुगमन गर्दै नागार्जुन नगरपालिका, वडा नं. १ का जनप्रतिनिधि तथा कर्मचारी


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha