आइतवार, चैत्र २९, २०८२ | April 12, 2026

कीर्तिपुर १० वडाद्वारा निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवा सुरु

कीर्तिपुर १० वडाद्वारा निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवा सुरु

  • Naveen Sanchar

  • आइतवार, चैत्र २९, २०८२

  • 94
    Views
कीर्तिपुर १० वडाद्वारा निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवा सुरु

चैत २९, काठमाडौं । कीर्तिपुर नगरपालिका १० नं. वडा कार्यालयले निःशुल्क सार्वजनिक शौचालय सेवा संचालनमा ल्याएको छ । कीर्तिपुर प्रवेशको मुख्य मार्ग प्रवेशद्वारनजिक निर्मित हरियाली पार्क र शारिरीक ब्यायामसहितको स्मार्ट शौचालयलाई सार्वजनिकरुपमा निःशुल्क सेवा संचालनमा ल्याईएको हो ।
आज चैत २९ गते आईतवार बिहान आयोजित एक कार्यक्रममा नगर प्रमुख कृष्णमान डंगोलले निःशुल्क स्मार्ट सार्वजनिक शौचालय सेवाको शुभारम्भ गर्नुभयो । आयुर्वेदिक वैकल्पिक चिकित्सा विभागबाट पप्त शारिरीक व्यायामका उपकरण जडित र बाल–बालिकाहरुका लागि हरियाली खुला पार्कसहितको स्मार्ट शौचालय सेवा स्व. नगर प्रमुख राजकुमार नकर्मीको सोच र योजनाअनरुप निर्माण गरि संचालनमा ल्याईएको १० वडा कार्यालयले जनाएको छ ।

साथै कार्यक्रममा निःशुल्क शौचालय सेवा संचालन, व्यवस्थापनको जिम्मेवारी बहन गरेको सहीद स्मारक कलेजका प्राचार्य मिलनमान महर्जनले १० वडा कार्यालयसंगको सहकार्यमा कलेजमा १० वडावासिका लागि पूर्ण निःशुल्क शिक्षा छात्रवृत्तिको घोषणा गर्नुभएको थियो । नेपाल सरकार, आयुर्वेदिक वैकल्पिक चिकित्सा विभागका निर्देशक श्यामबाबु यादव, कार्यक्रममा उप–प्रमुख शुभलक्ष्मी शाक्य, स्व. राजकुमार नकर्मीकी धर्मपत्नी अधिवक्ता जमुना नकर्मी, कीर्तिपुर १, २ र ९ वडाका वडाअध्यक्षहरु इच्छा कुमार महर्जन, ई. रुपेश महर्जन र दिनेश श्रेष्ठ, १० वडा सदस्य एवं कार्यपालिका सदस्य राज्यलक्ष्मी श्रेष्ठ शाक्य, सदस्यहरु सुदन महर्जन र मञ्जु परियार, नयॉबजार क्लवका अध्यक्ष ईश्वरमुनी वज्राचार्यलगायत अतिथि रहनुभएको जनाएको छ । कार्यक्रमको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै सभाध्यक्ष एवं १० वडाअध्यक्ष नरेश महर्जनले नयॉबजार क्लव भवनसंगैको हरियाली पार्कमा स्व. राजकुमार नकर्मीको अर्धकदको प्रतिमा र कीर्तिपुरको चिनारीस्वरुप बास्केटबल खेलाडीको प्रतिमा स्थापनाको तयारी भैरहेको जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha