गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु। हिजो शपथसँगै मैले औपचारिक रूपमा अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेको छु। आजबाट सुरु हुने नवनिर्वाचित समितिको पहिलो बैठकपछि हाम्रा अल्पकालीन र दीर्घकालीन योजनाहरू सार्वजनिक गर्नेछु। आज नेपाल समयअनुसार २ बजेबाट सुरु हुने बैठकमा सबै नवनिर्वाचित पदाधिकारी तथा एनसीसी अध्यक्षज्यूहरूलाई सहभागी हुन अनुरोध गर्दछु।
-हेमराज शर्मा
अध्यक्ष
गैरआवासीय नेपाली संघ