विश्वभर छरिएर रहेका लाखौँ गैरआवासीय नेपालीहरूको साझा संस्था गैरआवासीय नेपाली संघ (NRNA) द्वारा आयोजना हुन लागेको १२औँ एनआरएन ग्लोबल सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभा (१४–१६ मार्च २०२६, सोल्टी होटल, काठमाडौं) को सफल आयोजनाका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
“Our Unity, Base for Prosperity” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो सम्मेलनले विश्वभर रहेका नेपालीहरूबीच एकता, सहकार्य र साझा उद्देश्यलाई अझ सुदृढ बनाउने विश्वास लिएको छु। साथै, यस सम्मेलनबाट चयन हुने नयाँ एनआरएनए नेतृत्वले नेपालमा बन्ने नयाँ सरकारसँग सहकार्य गर्दै प्रवासी नेपालीहरूको अधिकार, लगानी सुरक्षा, नागरिकता सम्बन्धी मुद्दा तथा मातृभूमिको समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउने अपेक्षा गरिएको छ।
विश्वभर रहेका गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पूँजी र अनुभवलाई मातृभूमिको विकाससँग जोड्दै नेपाल र डायस्पोराबीचको सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा यो सम्मेलन महत्वपूर्ण मञ्च बन्नेछ भन्ने विश्वास लिएको छु।
यस ऐतिहासिक सम्मेलनमा सहभागी सम्पूर्ण प्रतिनिधि, आयोजक तथा सरोकारवालाहरूलाई सफल र फलदायी छलफलका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु। सम्मेलनले एकता, सहकार्य र समृद्ध नेपालको साझा लक्ष्यलाई अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछु।
-सन्तोष दाहाल
वरिष्ठ उपाध्यक्ष
गैरआवासीय नेपाली संघ (एनआरएनए) – राष्ट्रिय समन्वय परिषद् क्यानाडा
उपाध्यक्ष
एसोसिएसन अफ नेप्लीज इन द अमेरिकाज (एएनए)
पूर्व पर्यटन सद्भावना दूत, नेपाल सरकार
—————————————————–
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।