मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

चैत २० गते सहीद दिवसः कीर्तिपुरमा सार्वजनिक विदा

चैत २० गते सहीद दिवसः कीर्तिपुरमा सार्वजनिक विदा

  • Naveen Sanchar

  • बुधबार, चैत्र १८, २०८२

  • 231
    Views
चैत २० गते सहीद दिवसः कीर्तिपुरमा सार्वजनिक विदा

१८ चैत, काठमाडौं । चैत २० गते शुक्रवार कीर्तिपुरमा प्रभातफेरिलगायत विविध कार्यक्रम गरि सहीद दिवस मनाईंदै छ । वि. सं. २०४६ सालको जनआन्दोलनमा कीर्तिपुरबाट सहादत प्राप्त वीर सहीदहरु राजमान माली, राजेन्द्र महर्जन, हिराकाजी महर्जन र लनबहादुर महर्जनको सम्झानामा ०४७ सालदेखि हरेक वर्ष चैत २० गते सहीद दिवस मनाईंदै आएको छ । सहीद स्मृति ब्यवस्थापन समितिको आयोजनामा चैत २० गते बिहान खासिबजारस्थित सहीद स्तम्भबाट प्रभातफेरि परिक्रमा गरिने कार्यक्रम रहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाद्वारा चैत २० गते सहीद दिवसको अवसरमा नगर क्षेत्रमा सार्वजनिक विदा घोषणा गरिंदै आएको बताईएको छ । सहीद दिवसको अवसरमा स्थानीय नासः पुचःद्वारा रक्तदान कार्यक्रम, युवा खेलकूद समूहद्वारा ब्याडमिन्टन प्रतियोगिता तथा इन्द्रेणी सांस्कृतिक समाजद्वारा सांस्कृतिक कार्यक्रम आयोजना गरि सप्ताहब्यापिरुमा मनाईंदै आएको समितिका कोषाध्यक्ष सिद्धिकुमार मानन्धरले नवीनसंचारलाई जानकारी गराउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha