-नवीनसञ्चार सम्वाददाता
मलेसिया ।
मलेसियास्थित गैर आवासीय नेपाली संघ(एनआरएनए), क्षेत्रीय समिति, जोहोबारुले रौतहट जिल्ला दोस्रो मेयर च्याम्पियनसीप तेक्वान्दो प्रतियोगिता आयोजनामा सहयोग गरेको छ । एनआरएनए जोहोरबारुले दुई दिवसीय प्रतियोगिता सञ्चालनका लागि आयोजकले अनुरोध गरेपछि दश हजार रुपैँया आर्थिक सहयोग समेत गरेको जनाएको छ । एनआरएनए क्षेत्रीय समिति, जोहोरका सक्रिय सदस्य तथा समाजसेवी संस्था एव तेक्वान्दो जिल्ला समितिका अध्यक्ष केशव बहादुर खड्का संस्थाको प्रतिनिधित्व गर्दै प्रतियोगितमा सहभागी हुनुभएको छ । सहयोग गरेकोमा आयोजकले एनआरएनए जोहोरबारुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । एनआरएनए जोहोरले नेपाल तथा मलेसियामा सञ्चालन हुने खेलकुद प्रतियोगिता लगायतका रचनात्मक कार्यक्रम सञ्चालनमा निरन्तर सहयोग गर्दै आएको छ ।
यहाँ पनि आफ्ना समाचार, अन्तर्वार्ता, लेखरचना नवीनसञ्चार अनलाइनमा प्रकाशन गर्न इच्छुक हुनुहुन्छ भने हाम्रो इमेल ठेगाना news@naveensanchar.com मा फोटोसहित पठाउन सक्नुहुन्छ । धन्यवाद ।
