बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

कीर्तिपुरमा प्राज्ञिक भवनको शिलान्यास

कीर्तिपुरमा प्राज्ञिक भवनको शिलान्यास

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 80
    Views
कीर्तिपुरमा प्राज्ञिक भवनको शिलान्यास

-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।

प्राज्ञिक विद्यार्थी परिषद नेपालले स्थापनाको ३० वर्षपछि कीर्तिपुर नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय ‘प्राज्ञिक भवन’को भूमिपूजन एवं शिलान्यास विहीबार गरेको छ । वैदिक विधिपूर्वक आयोजित समारोहमा आध्यात्मिक गुरू, परिषद्का राष्ट्रिय पदाधिकारी, प्राध्यापकवर्ग, परिषद्का कार्यकर्ताको उपस्थितिमा रहेको थियो ।

प्राज्ञिक भवन’ केवल एउटा संरचना मात्र नभई लाखौँ विद्यार्थी, युवा र कार्यकर्ताका लागि संस्कार, सिप र सेवाको केन्द्र, विचार, अध्ययन र अनुसन्धानको बौद्धिक थलो बन्ने परिषद्का राष्ट्रिय सङ्गठन सचिव रमेश कण्डेलले बताउनुभयो । भवनलाई विद्यार्थी समस्या समाधान र सर्वाङ्गीण विकासको स्थायी आधारको रूपमा विकसित गरिने उहाँले जानकारी दिनुभयो । प्राज्ञिक भवनमा स्वाध्ययन मण्डल , सभा कक्ष, सीप विकास केन्द्र, पुस्तकालय तथा अध्ययन कक्ष, पत्रकारिता अभ्यास कक्ष, बैठक कक्ष, लोकसेवा, शिक्षक सेवा तथा सेवा आयोग तयारी कक्षा लगायतका सुविधा रहने परिषद्ले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha