बिहिबार, फाल्गुन १४, २०८२ | February 26, 2026

निर्वाचनमा काठमाडौं १० मा पाँच सय ८८ कर्मचारी खटिने

निर्वाचनमा काठमाडौं १० मा पाँच सय ८८ कर्मचारी खटिने

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन १४, २०८२

  • 45
    Views
निर्वाचनमा काठमाडौं १० मा पाँच सय ८८ कर्मचारी खटिने

-नवीनसञ्चार सम्वाददाता
कीर्तिपुर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप निर्वाचन आयोगले आवश्यक जनशक्ति, मतपेटिका र मतपत्रसमेत निर्वाचन क्षेत्रमा पुयाई सकेको छ । निर्वाचनमा खट्ने कर्मचारीहरुले नियुक्ति–पत्र बुझ्ने क्रम जारी छ । मतदान केन्द्रमा खट्ने सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई शनिवार एकदिने अभिमुखिकरण तालिम सञ्चालन हु‘दैछ । निर्वाचन कार्यक्रम सम्पन्न गर्न काठमाडौं १० मा एक मतदान स्थलमा ६ जनाको दरले ५ सय ८८ जना कर्मचारी खटाउने भएको छ । ४७ मतदान केन्द्र र ९८ मतदान स्थल भएको काठमाडौं १० नं। निर्वाचन क्षेत्रमा सहायक मतदान अधिकृतसमेत गरि उक्त संख्यामा कर्मचारी खट्ने निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताउनुभयो । काठमाडौं १० नं। निर्वाचन क्षेत्रमा कीर्तिपुर, दक्षिणकाली र चन्दागिरी नगरपालिकाका केहि वडा गरी कूल ८३ हजार ३ सय १ मतदाता रहनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha