बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

फोहरको दिगो व्यवस्थापन गर्ने उपत्यका मेयर्स फोरमको निर्णय

फोहरको दिगो व्यवस्थापन गर्ने उपत्यका मेयर्स फोरमको निर्णय

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन ७, २०८२

  • 8
    Views
फोहरको दिगो व्यवस्थापन गर्ने उपत्यका मेयर्स फोरमको निर्णय

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । उपत्यकाबाट उत्पादन हुने फोहरको वैज्ञानिक एवं दिगो व्यवस्थापन अध्ययन तथा समन्वय समिति गठन गर्ने, सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि यस अघिका अध्ययन प्रतिवेदनको तथ्य र सिफारिस विश्लेषण गरेर उपयुक्त ढाँचामा नेपाल सरकारसँग सहकार्य गर्ने उपत्यका मेयर्स फोरमको बैठकले निर्णय गरेको छ । फोहर व्यवस्थापन अध्ययन तथा समन्वय समितिले फोहर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका अतिरिक्त सवै स्थानीय तहका बिचमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र सामुहिक व्यवस्थापनका लागि आवश्यक काम गर्नेछ । बुधबार काठमाडौँमा फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा बसेको १३ औँ बैठकले, गोदावरीदेखि बुढानीलकण्ठसम्म साइकल लेन सम्बन्धी कानुन निर्माण गरी गुरु योजना बनाउने, पूर्वाधार निर्माण र सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय गरेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha