-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ । कीर्तिपुर प्रहरी वृत्तले नगर क्षेत्रका खाजा पसलमा बिक्री वितरणका लागि राखिएका अखाद्य तथा अवैध मदिराजन्य वस्तु, जॉड–रक्सी र कच्चा पदार्थ नियमितरुपमा बरामद र नष्ट गर्दै आएको छ । चोभार र खत्रीछापका विभिन्न पसलबाट करिब १ हजार ५ सय लिटर जॉड–रक्सी र तयारी अवस्थामा रहेको कच्चा पदार्थ कट्समेत बरामद गरी नष्ट गरिएको छ ।
बिहीबार दिउँसो जनप्रतिनिधि तथा संचारकर्मीको रोहवरमा वागमती नदी किनारमा नष्ट गरिएको कीर्तिपुर प्रहरी वृत्त प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले नवीनसञ्चारलाई बताउनुभयो । बजार क्षेत्रमा जथाभावी अस्वस्थकर मदिराजन्य पदार्थको बिक्री वितरणले समाज एवं सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरेकाले त्यस्ता कार्य गर्न, गराउन पूर्णरुपमा नियन्त्रण र कडाई गरिएको उहॉले बताउनुभयो ।