बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

एनआरएनए वरिष्ठ उपाध्यक्ष राई साउदी अरेबियामा

एनआरएनए वरिष्ठ उपाध्यक्ष राई साउदी अरेबियामा

  • Naveen Sanchar

  • बिहिबार, फाल्गुन ७, २०८२

  • 16
    Views
एनआरएनए वरिष्ठ उपाध्यक्ष राई साउदी अरेबियामा

-नवीनसञ्चार सम्वाददाता
साउदी अरेबिया । गैर आवासीय नेपाली संघ(एनआरएनए)की वरिष्ठ उपाध्यक्ष रोजिना प्रधान राई साउदी अरेबिया आइपुग्नुभएको छ । रियादस्थित विमानस्थलमा स्थानीय नेपाली समुदायले उहाँको स्वागत गर्नुभएको छ । साताव्यापी मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबिया, बहराइन, कतार र यूएईतर्फ भ्रमणको कार्यक्रम रहेको वरिष्ठ उपाध्यक्ष राईले बताउनुभयो ।


नेपालीसँग भेटघाट, अनुभव आदान–प्रदान तथा आपसी विश्वास, एकता र सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ यो यात्रामा आएको राईको भनाई छ । ‘हाम्रो साझा पहिचान एउटै हो , एकपटको नेपाली, सधैंको लागि नेपाली,  यही पहिचान, आत्मगौरव र एकताको भावनालाई अझ मजबुत बनाउँदै उज्यालो, समुन्नत र समावेशी भविष्य निर्माणतर्फ अघि बढ्नु नै यस भ्रमणको मूल लक्ष्य हो ‘-राईले भन्नुभयो ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha