आइतवार, फाल्गुन ३, २०८२ | February 15, 2026

अग्रणी भिट्रियो–रेटिना सर्जन डा. संयम सम्मानित

अग्रणी भिट्रियो–रेटिना सर्जन डा. संयम सम्मानित

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २, २०८२

  • 4
    Views
अग्रणी भिट्रियो–रेटिना सर्जन डा. संयम सम्मानित

नवीनसञ्चार सम्वाददाता

काठमाडौं । हङकङमा फेब्रुअरी ५–८, २०२६ मा आयोजित ४१औँ Asia-Pacific Academy of Ophthalmology (APAO) Congress तथा ३७औँ Annual Scientific Meeting of the Hong Kong Ophthalmological Symposium “Eyes on the Future: Innovating Ophthalmology” नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ।

करिब १५,००० सहभागी तथा १,००० भन्दा बढी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वक्ताहरूको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनमा नेपालबाट ५० जनाभन्दा बढी नेत्ररोग विशेषज्ञहरूको सक्रिय सहभागिता रहेको थियो, जसले नेपाली नेत्रचिकित्सा क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा सशक्त उपस्थिति झल्काएको छ।
नेपाल नेपाल अप्थाल्मिक सोसाइटीका महासचिव डा. तेजसु सिंह मल्ल अनुसार
उक्त सम्मेलनका क्रममा नेपालका अग्रणी भिट्रियो–रेटिना सर्जन डा. संयम बजिमाया लाई APAO Distinguished Service Award बाट सम्मानित गरिएको छ। साथै, सगरमाथा चौधरी आँखा अस्पताल, लहान लाई APAO Outstanding Service in Prevention of Blindness Award प्रदान गरिएको छ। यी दुवै सम्मानहरू नेपाल Ophthalmic Society (NOS) को तर्फबाट आँखा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप नामांकन गरी प्रदान गरिएका हुन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha