शनिबार, फाल्गुन २, २०८२ | February 14, 2026

दक्षिण कोरियामा ग्याल्पो लोसार भव्यरुपमा मनाइने

दक्षिण कोरियामा ग्याल्पो लोसार भव्यरुपमा मनाइने

  • Naveen Sanchar

  • शनिबार, फाल्गुन २, २०८२

  • 16
    Views
दक्षिण कोरियामा ग्याल्पो लोसार भव्यरुपमा मनाइने
-गेलछिरी शेर्पा
सियोल, दक्षिण कोरिया
हिमाली बौद्ध समुदायको महत्वपूर्ण पर्व नयाँ वर्ष २१५३ औं  (मे फो त ल्हो)ग्याल्पो लोसार यस वर्ष पनि दक्षिण कोरियामा बसोबास गर्दै आएका शेर्पा, नेपाली समुदायले भव्य रूपमा मनाउने भएको छन् । फेब्रुअरी १६ तारिख शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा ख्याङ्गि-दो प्रान्त र त्यस नजिकको नेपालीहरूले राजधानी सियोलमा र फेब्रुअरी १५ तारिख बुसान शेर्पा सोसाइटीको आयोजनामा दक्षिण ग्याङ्ग्साङ प्रान्त नजिक बसोबास गरिरहेको नेपालीहरूले दक्षिण कोरियाको पर्यटकीय शहर बुसानमा उत्सवमय वातावरणमा ग्याल्पो लोसार मनाइँदै छ ।
कार्यक्रममा लामा गुरुहरूद्वारा विशेष पूजाआजा तथा मङ्गल पाठ, दक्षिण कोरियामा रहेको शेर्पा समुदायको साथमा नेपाली संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरू बीच उत्सवमय वातावरण सामूहिक रुपमा कि कि सो सो ल्हा ग्यलो… भन्दै कुल देवतालाई पवित्र जौ को पिठो चढाउने, लोसार  शुभकामना आदानप्रदान तथा छ्योङ्ग्युलपान साथै शेर्पा खानाका परिकारहरू छ्योङ्ग्युल, सुचिया, खाप्से, गुथुक, लगायत खादै समुदायबीच आत्मीयता साटासाट गर्दै परम्परागत शेर्पा पोशाकमा सजिएर सांस्कृतिक शेब्रु  नृत्य प्रस्तुत गरि २१५३ औं  (मे फो त ल्हो) ग्याल्पो लोसार नयाँ वर्ष मनाउने तयारी रहेको ग्याल्पो लोसार प्रचार प्रसार संयोजक गेल्छिरी शेर्पाले बताउनु भयो ।  दक्षिण कोरियामा रोजगारी तथा अध्ययनका लागि आएका नेपाली युवाहरूका लागि यस्ता पर्वहरूले आफ्नो मौलिक पहिचान जोगाइराख्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले शेर्पा संघ दक्षिण कोरिया हरेक वर्ष लोसार आयोजना गर्दै आइरहेको  छ। विदेशमा बसेर पनि आफ्नो भाषा, धर्म, कला, संस्कृति जगेर्ना गर्ने संघको अभियानमा समुदायको साथ सहयोग रहदै आएकोले यस वर्षा पनि उल्लेखनीय शेर्पा तथा नेपालीहरू उपस्थित हुने संयोजक शेर्पाले विश्वास व्यक्त गरे साथै थेगु, गिमे, बुसान नजिकको शेर्पाहरुलाई बुसान शेर्पा सोसाइटीको आयोजनामा बुसानमा हुने लोसारमा र राजधानी आसपासको शेर्पाहरुलाई सियोल उपस्थित भइ कार्यक्रम सफल पर्न हार्दिक अनुरोध गरेको छ ।
 विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व विश्वको धेरै सहर हरूमा उत्सवमय वातावरणमा  मनाइँदै छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha