बुधबार, चैत्र १८, २०८२ | April 1, 2026

गजल – अलि महम्मद मिया

गजल – अलि महम्मद मिया

  • Naveen Sanchar

  • बुधबार, माघ १५, २०८२

  • 127
    Views
गजल – अलि महम्मद मिया
म जिन्दगीमा नहारेको मान्छे 
-अलि महम्मद मिया

गोर्खा
हाल: इजरायल
म जिन्दगीमा नहारेको मान्छे हुँ,
तुफानसँग ठोक्किँदा नडराएको मान्छे हुँ।
घामले जलायो, वर्षाले भिजायो धेरै,
तैपनि माटोसँग नटुटेको मान्छे हुँ।
आफ्नैले ढुंगा हाने, पराइले ताली ठोके,
पीडाको बीच पनि मुस्काएको मान्छे हुँ।
सपना सानो भन्थे, हाँसोमा उडाउँथे,
आँखा भरि आकाश बोकेको मान्छे हुँ।
हारको कथा धेरैले लेख्न खोजे मेरा,
इतिहास आफैं लेख्ने आँट राखेको मान्छे हुँ।
रातले घाँटी च्याप्दा, आशा निभ्न खोज्दा,
भोलिको उज्यालो कुर्ने मान्छे हुँ।
पसलिएको भरोसा, फुटेको सम्बन्ध बीच,
आफ्नै आत्मामा भरोसा राखेको मान्छे हुँ।
मौनताले बोल्ने कुरा बुझ्ने सक्ने मान्छे हुँ,
चिच्याएर होइन, सहेर जित्ने मान्छे हुँ।
थाक्दा पनि उभिनु, रोएर पनि हाँस्नु,
घाइते भएर पनि नहार्ने मान्छे हुँ।
आज म जहाँ उभिएको छु, सजिलै होइन,
हजार चोट खाएर बनेको मान्छे हुँ।
म जिन्दगीमा नहारेको मान्छे हुँ,
आफैंसँग कहिल्यै नहार्ने मान्छे हुँ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha