शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

मलेसियामा अलपत्र राई उपचारार्थ नेपाल फिर्ता

मलेसियामा अलपत्र राई उपचारार्थ नेपाल फिर्ता

  • Naveen Sanchar

  • बुधबार, माघ १५, २०८२

  • 71
    Views
मलेसियामा अलपत्र राई उपचारार्थ नेपाल फिर्ता

-खेमराज खत्री
मलेसिया ।
विगत लामो समयदेखि मलेसिया बस्दै आउनु भएका नेपालको सिन्धुली निवासी सुवास राईलाई उपचारार्थ विभिन्न संघसंस्था र दाताको सहयोमा नेपाल फिर्ता पठाइएको छ । काममा खटिएको समयमा इलेक्ट्रोनिक साइकलमा दुर्घटना भएको कारण राईको दाइने खुट्टा भाँचिएको थियो । मलेसियामा अपरेसन गर्न नसकिने भएको हुँदा प्रवास शाखा, मलेसियाको सल्लाह बमोजिम विभिन्न सहयोगी नेपालीको पहलमा बुधबार नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश पठाइएको हो । उहाँलाई नेपाल फिर्ता पठाउन हवाई टिकट लगायतका खर्चको लागि मलेसियामा रहनुभएका थुप्रै नेपालीले सहयोग गर्नुभएको थियो । आफूलाई उद्धार गर्ने सहयोगी साथीलाई राईले धन्यवाद ज्ञापन गर्नुभएको छ ।मलेसियामा आपत विपद्मा परेका नेपालीलाई स्वदेशी संघसंस्था ,  दाजुभाइ, दिदीबहिनी, सहकर्मी, साथीले व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । वैदेशिक रोजगारीमा गई अलपत्र नेपाली नागरिकलाई नेपाल सरकारका निकायले समेत सहयोग गर्नुपर्ने उहाँहरुको धारणा छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha