बुधबार, चैत्र १८, २०८२ | April 1, 2026

नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने

नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने

  • Naveen Sanchar

  • मङ्लबार, माघ १४, २०८२

  • 173
    Views
नेपाल मुक्तक प्रतिष्ठानले शेरचन र श्रेष्ठलाई पुरस्कृत गर्ने

नवीनसञ्चार सम्वाददाता, काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककार उषा शेरचन र डा. रूपक श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ । मुक्तककार शेरचनलाई भीमदर्शन मुक्तक पुरस्कारु र डा. श्रेष्ठलाई कृष्ण -रत्न -चेतन मुक्तक पुरस्कार प्रदान गर्ने भएको हो ।दुवै स्रष्टाले मुक्तकको उन्नयनमा गर्नुभएको योगदानका आधारमा पुरस्कृत गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशि क्रमशः एकाउन्न हजार र एकतीस हजार रुपैयाँ रहेको छ ।

वि. सं. २०१२ भदौ ६ गते जन्मनुभएकी शेरचनका अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रह लगायत विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन् ।शेरचन वि.सं.२०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुनुहुन्छ ।

यसैगरी वि. सं. २०२२ माघ ६ गते जन्मनुभएका डा. रूपक श्रेष्ठका पोख्तक, चौशूल र पोख्तकको अङग्रेजी अनुवाद विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । विगत लामो समयदेखि बेलायतमा बस्दै आउनुभएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।यसअघि भीमदर्शन मुक्तक पुरस्कार यादव खरेल, सरुभक्त र नन्द हाङ्खिम तथा कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार रुद्र ज्ञवाली, अनुराधा ढकाल र खगेन्द्र गिरी ‘कोपिला;ले प्राप्त गर्नुभएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha