आइतवार, माघ १२, २०८२ | January 25, 2026

एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

  • Naveen Sanchar

  • आइतवार, माघ १२, २०८२

  • 42
    Views
एसएमटिसीद्वारा दक्ष मन्टेसरी शिक्षक उत्पादन

-नवीनसञ्चार सम्वाददाता
काठमाडौँ, १० माघ
स्टानफोर्ड मन्टेसरी टिचर्स ट्रेनिङ सेन्टर (एसएमटिसी) र लायन्स क्लब अफ डाइमण्ड सिटी ३२५ को संयुक्त आयोजनामा मन्टेसरी शिक्षक तालिम सफलतापूर्वक सम्पन्न भएको छ।  एक समारोहबीच सहभागीलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिमका एसएमटिसीका प्रमुख प्रशिक्षक राधिका खत्रीले सहभागीलाई पूर्व बाल्यावस्था शिक्षाका विविध विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक खत्रीले भन्नुभयो-‘ तपाईंहरूले अध्ययन अवधिभर देखाउनुभएको अनुशासन, लगनशीलता, सिकाइप्रतिको प्रतिबद्धता तथा सकारात्मक सोच अत्यन्तै प्रशंसनीय छ। कक्षाभित्र र बाहिर तपाईंहरूको सक्रिय सहभागिता, प्रश्न गर्ने बानी र व्यवहारिक अभ्यासले शिक्षण–सिकाइ प्रक्रियालाई अर्थपूर्ण बनायो।’ सो अवसरमा उहाँले सहभागीको उज्ज्वल भविष्य, पेशागत सफलता र समाजप्रतिको योगदानका लागि शुभकामना व्यक्त समेत गर्नुभएको थियो ।

एसमएमटिसीका प्रमुख प्रशिक्षक खत्रीको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि नेपाल अध्यापक संघका अध्यक्ष भोलानाथ चालिसे रहनुभएको थियो ।  विशिष्ट अतिथि लायन इन्द्र बहादुर कार्की (District Cabinet Secretary General – Lions Clubs International District 325 F),  टंक प्रसाद गैरे (वरिष्ठ उपाध्यक्ष – अध्यापक संघ) , श्याम राज ओझा (पूर्व सभापति – त्रिभुवन विश्वविद्यालय, स्ववियु) हुनुहुन्थ्यो । कार्यक्रममा लायन अर्जुन कार्की (Program Coordinator – Lions District 325 F एवं संस्थापक अध्यक्ष – डाइमण्ड सिटी), एकराज दाहाल (उपाध्यक्ष – अध्यापक संघ), पुष्कर जोशी (नेविसंघ नेता – त्रिभुवन विश्वविद्यालय) लगायतको समेत सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन SMTC प्रबन्ध निर्देशक  एवं  अध्यापक संघ महासचिव धर्मराज जोशीले गर्नुभएको थियो ।


सहभागीले तालिम अत्यन्त प्रभावकारी रहेको र यसले सक्षम, योग्य र दक्ष शिक्षक उत्पादन गरेको प्रतिक्रिया दिनुभएको थियो ।
एसएमटिसीले नेपालमा पूर्व वाल्यवस्था शिक्षाको विकासका लागि नियमित रुपमा शिक्षक तालिम सञ्चालन गर्दै आएको छ । सोल्टीमोड र जरखुमा रहेको वि.सं. २०७५ मा स्थापित एसएमटिसीले विभिन्न संघसंस्थाको सहकार्यमा निःशुल्क तालिम समेत सञ्चालन गर्दै आएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha