मङ्लबार, पुस २९, २०८२ | January 13, 2026

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबमा प्रथम अधिवेशन तयारी

राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबमा प्रथम अधिवेशन तयारी

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, पुस २८, २०८२

  • 38
    Views
राष्ट्रिय स्वतन्त्र पार्टी, प्रवास नेपाली सम्पर्क विभाग साउदी अरबमा प्रथम अधिवेशन तयारी

रियाद, साउदी अरब नबिन सन्चार– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले आफ्नो प्रथम अधिवेशनको तयारीमा जुटेको जनाएको छ। सो अधिवेशनका लागि विभागका विभिन्न पदहरूमा उम्मेदवारी दर्ता आह्वान गरिएको छ।

उम्मेदवारीका लागि आवश्यक योग्यता अनुसार, सचिवालय सदस्य पदमा कम्तीमा १ वर्षअघि पार्टी सदस्यता लिइसक्नुपर्नेछ भने विभाग सदस्य पदका लागि कम्तीमा ६ महिना पार्टी सदस्य हुनु आवश्यक छ।

उम्मेदवारहरूले नेपाली नागरिकताको प्रतिलिपि, वैध पासपोर्टको प्रतिलिपि र पार्टी सदस्यता पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। दर्ता शुल्क प्रमुख पदका लागि २०० रियाल, सचिवालय पदका लागि १५० रियाल, र विभाग सदस्यका लागि ७५ रियाल तोकिएको छ।

दर्ता प्रक्रिया २०२६-०१-०७ देखि सुरु भई २०२६-०१-१५ सम्म सञ्चालन हुनेछ। उम्मेदवारहरूसँग छलफल कार्यक्रम २०२६-०१-१६ गते आयोजना गरिनेछ र सोही दिन अन्तिम नामावली सार्वजनिक गरिनेछ।

सम्पर्कका लागि निर्वाचन समिति सदस्यहरू:

  • उमेश भट्ट – 📞 ०५७७६१५५१०, ✉️ ubhatta543@gmail.com
  • खगेन्द्र वराल – 📞 ०५६८४५७५८७

सम्पूर्ण योग्य तथा इच्छुक साथीहरूलाई तोकिएको समयभित्र उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha