मङ्लबार, पुस २९, २०८२ | January 13, 2026

झापाली समाज माल्टामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पदस्थापित

झापाली समाज माल्टामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पदस्थापित

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, पुस २८, २०८२

  • 172
    Views
झापाली समाज माल्टामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति पदस्थापित

माल्टा नबिन सन्चार

अन्तर्राष्ट्रिय झापाली समाज अन्तर्गत रहेको झापाली समाज माल्टाको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम मिति ११ जनवरी २०२६ का दिन सफलतापूर्वक सम्पन्न भएको छ।

मिति ७ डिसेम्बर २०२५ मा सम्पन्न चौथो अधिवेशनबाट २०२५–२०२७ कार्यकालका लागि चयन भएको कार्यसमितिले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो। नयाँ कार्यसमितिको नेतृत्व अध्यक्ष एक राज राउतले गर्नुहुनेछ।

निर्वाचित पदाधिकारीहरू:

•अध्यक्ष: एक राज राउत

•वरिष्ठ उपाध्यक्ष: त्रिदेव प्रसाई

•उपाध्यक्ष: लोरेन लेप्चा

•महिला उपाध्यक्ष: शिक्षा घिमिरे

•युवा उपाध्यक्ष: नवराज बानियाँ

•महासचिव: ऋषि राम काफ्ले

•सचिव: मनोज चिमरिया

•सह–सचिव: उद्दव खनाल

•युवा संयोजक: डिकेश काफ्ले

•युवा उप–संयोजक: प्रताप राई

•महिला संयोजक: मनिषा थपलिया

•कोषाध्यक्ष: जीवन पोखरेल

•सह–कोषाध्यक्ष: सिद्धार्थ गौतम

•प्रवक्ता: प्रभाकर गिरी

कार्यसमिति सदस्यहरू:

कैलाश क्षेत्री, अमित मेचे, मन्थन बस्नेत, करन मेचे, अभिषेक पोखरेल, मित्रबन्धु श्रेष्ठ, अशोक मेचे, शुभाष भण्डारी, प्रकाश थापा, राजु ढकाल र धनपति बराल रहनुभएको छ।

सल्लाहकारहरू:

मुक्ति पुरी, प्रकाश भण्डारी, उपेन गिरी, लाल काजी श्रेष्ठ, शर्मिला बस्नेत, अंश बस्नेत, नविन गिरी, भुवन झा, कृष्ण गिरी, कमल पोखरेल तथा तेजबहादुर लिम्बु रहनुभएको छ।

पदस्थापना कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष एक राज राउतले झापाली समाज माल्टालाई अझ संगठित, सक्रिय र समुदायमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै सामाजिक, सांस्कृतिक तथा आपसी सहयोगका गतिविधिहरूलाई थप सशक्त रूपमा अगाडि बढाइने बताउनुभयो।

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो क्षेत्रीय सम्मेलनको आयोजक राष्ट्रसमेत रहेको माल्टा पछिल्लो समय सामाजिक गतिविधिमा अत्यन्त सक्रिय देखिएको छ। नयाँ कार्यसमितिले अन्तर्राष्ट्रिय झापाली समाजको गरिमा अभिवृद्धि गर्दै प्रवासी नेपाली समुदायबीच एकता, सहकार्य र पहिचान अझ मजबुत बनाउने विश्वास लिइएको छ।

अन्तर्राष्ट्रिय झापाली समाजले नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरेको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha