मङ्लबार, पुस २९, २०८२ | January 13, 2026

झापाली समाज यूकेको नयाँ कार्यसमिति गठन

झापाली समाज यूकेको नयाँ कार्यसमिति गठन

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • सोमवार, पुस २८, २०८२

  • 58
    Views
झापाली समाज यूकेको नयाँ कार्यसमिति गठन

ब्रस्सल्स, बेल्जियम नबिन सन्चार

झापाली समाज यूकेको नयाँ कार्यसमिति गठन भएको छ। ११ जनवरी २०२६, आइतबार सम्पन्न साधारणसभाबाट टंक भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा गुरु इजम, लोकनाथ अधिकारी र भूपाल कार्की, महासचिवमा देवीप्रसाद गौतम, सचिवमा गौरव कन्दङ्वा, कोषाध्यक्षमा छवि कार्की तथा सह–कोषाध्यक्षमा कृष्ण फेम्बो निर्वाचित हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा सन्तोष तिम्सिना, नगेन्द्रप्रसाद खरेल, देवीमाया लिम्बु, रोशन सिम्खडा, एल.एन. घिमिरे, हस्तबहादुर लिम्बु र कृष्ण चापागाईं चयन हुनुभएको छ। कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ।

साधारणसभाबाट पूर्व काउन्सिलर धन गुरुङ, पूर्व अध्यक्ष अर्कराज तिम्सिना तथा झापाली समाज आईसीसीका संस्थापक उपाध्यक्ष ललित न्यौपानेलाई संरक्षकको जिम्मेवारी प्रदान गरिएको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, महासचिव चिरन खवास, युरोप संयोजक लोकेन्द्र नेपाल (बेल्जियम), युरोप उप–संयोजक प्रकाश गिरि (नेदरल्यान्ड्स) तथा केन्द्रीय सदस्य जंग क्षेत्री (कुवेत) को उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष अर्कराज तिम्सिनाले गर्नुभएको थियो भने सञ्चालन देवीप्रसाद गौतमले गर्नुभएको थियो।

नवगठित कार्यसमितिले संगठनलाई अझ सुदृढ बनाउँदै प्रवासमा रहेका झापालीहरूको एकता, सहयोग र मातृभूमिप्रतिको योगदानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha