मङ्लबार, पुस २९, २०८२ | January 13, 2026

नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शनिबार, पुस २६, २०८२

  • 58
    Views
नेपाली साझा मञ्च साउदीको १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन सम्पन्न

नबिन सन्चार दमाम, साउदी अरब

‘देशको लागि केही गरौँ’ भन्ने मूल नाराका साथ साउदी अरबमा क्रियाशील नेपाली साझा मञ्च, साउदी ले आफ्नो १०औँ वार्षिकोत्सव, चौथो अधिवेशन तथा नववर्ष २०२६ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

रियादस्थित नेपाली दूतावासका श्रम काउन्सिलर श्री कबिराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दूतावासका प्रतिनिधि, विभिन्न नेपाली संघ–संस्थाका अगुवा तथा ठूलो संख्यामा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उप्रेतीले पानसमा बत्ती बालेर तथा अतिथिहरूले ब्यानरमा हस्ताक्षर गरेर फरक शैलीमा गर्नुभएको थियो। सो अवसरमा मञ्चका महासचिव राजु केसीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यकालभरि करिब १५ हजार नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएको जानकारी दिनुभयो।

प्रमुख अतिथि उप्रेतीले मञ्चले गर्दै आएको सामाजिक तथा श्रमिक हितसम्बन्धी कार्यको प्रशंसा गर्दै साउदी अरबको कानुनी संवेदनशीलता र श्रमिक अधिकारका विषयमा दूतावास सधैँ गम्भीर रहेको बताउनुभयो।

अधिवेशनले २०२६–२०२८ कार्यकालका लागि अन्जान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित अध्यक्ष गुभाजुले आगामी दिनमा श्रमिकहरूका लागि बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण तथा सामाजिक सुरक्षा कोष जस्ता विषयमा मञ्चले समन्वयकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन नेपालबाट आमन्त्रित चर्चित लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले आफ्ना लोकप्रिय सांगीतिक प्रस्तुतीमार्फत दर्शकलाई मन्त्रमुग्ध पार्नुभएको थियो। साथै स्थानीय कलाकारहरू रोम लामा, दिव्या र दीक्षा थापा लगायतले पनि प्रस्तुति दिएका थिए।

सोही अवसरमा नेपाली राजदूतावास, रियाद, जेद्दास्थित नेपाली महावाणिज्य दूतावास, नेपाल वायु सेवा निगमकी कन्ट्री हेड श्रीमती अन्जु शर्मा, एनआरएनए एनसीसी साउदीकी निर्वतमान अध्यक्ष तथा संरक्षक श्रीमती रबिना अर्याल, ग्लोबल आईएमई रेमिटका गल्फ हेड श्री राम बी. छेत्री, कास्की सेवा समाज, मोरङ–सुनसरी समाज, झापाली समाज, स्याङ्जा सहयोग समाज, हेल्प मधेसीका अध्यक्ष श्री श्याम कुमार महतो तथा प्रवासी मिलन एकता समाजका अध्यक्ष श्री काजी गुरुङलाई नेपाली समुदायप्रति पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।

नेपाली साझा मञ्च साउदीको २०२६–२०२८ कार्यकालका लागि

प्रमुख संस्थागत संरक्षक: कृष्ण पुरी,

संरक्षक: विष्णु घिमिरे,

प्रमुख सल्लाहकार: अकल प्रधान चयन हुनुभएको छ।

कार्यसमितिमा अध्यक्ष अन्जान गुभाजु, उपाध्यक्ष राजु केसी र भरत पौडेल, महासचिव तेज बहादुर सिलवाल (सिन्धुली), सचिव बिपुल ढुङ्गाना तथा कोषाध्यक्ष डिबी बलामी मगर रहनुभएको छ।

सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, समर्पण रमदान मिया, प्रेम बोहोरा, जगदिश खनाल, खड्ग तामाङ र सोम बी. बिके चयन हुनुभएको छ।

सल्लाहकारहरूमा टिकाराम पाण्डे र नागेश तामाङ रहनुभएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha