बिहिबार, फाल्गुन ७, २०८२ | February 19, 2026

गैरआवासीय नेपाली संघ साउदी अरबको २०२५–२७ कार्यकालका लागि सदस्यता आवेदन पुनः खुल्ला

गैरआवासीय नेपाली संघ साउदी अरबको २०२५–२७ कार्यकालका लागि सदस्यता आवेदन पुनः खुल्ला

  • देबी बहादुर सुतार कार्की मध्यपूर्व संयोजक – नवीन सन्चार

  • शुक्रबार, पुस २५, २०८२

  • 111
    Views
गैरआवासीय नेपाली संघ साउदी अरबको २०२५–२७ कार्यकालका लागि सदस्यता आवेदन पुनः खुल्ला

साउदी अरब नबिन संचार

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् साउदी अरबले आफ्नो २०२५–२०२७ कार्यकाल का लागि पंजीकृत सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन प्रक्रिया थप केही दिनका लागि पुनः खुल्ला गरेको छ।

संघले जारी गरेको सूचनाअनुसार इच्छुक नेपालीहरूले संघको अनलाइन प्रणालीमार्फत सदस्यता आवेदन दिन सक्नेछन्। सदस्यता आवेदन दिने अन्तिम मिति २५ जनवरी २०२६ तोकिएको छ।

यसअघि विभिन्न कारणले सदस्यता लिन छुट्नुभएका साउदी अरबमा कार्यरत सम्पूर्ण योग्य नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई तोकिएको मितिभित्र आवेदन दिन संघले हार्दिक अनुरोध गरेको छ।

सदस्यता कसरी लिने ?

सदस्यताका लागि SMART NRNA मोबाइल एप्लिकेशन वा आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिनेछ।

एन्ड्रोइड प्रयोगकर्ताले Google Play Store र आईओएस प्रयोगकर्ताले Apple App Store बाट एप डाउनलोड गर्न सक्नेछन्। साथै https://members.nrna.org/login मार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आवश्यक कागजातहरू

आवेदनका क्रममा साउदी अरबको अकामा, पासपोर्टको अगाडि र पछाडिको फोटो, हाल प्रयोगमा रहेको इमेल ठेगाना, मोबाइल नम्बर, सेल्फी तथा हालै खिचिएको ताजा फोटो अपलोड गर्नुपर्नेछ।

सदस्यता शुल्क

सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि शुल्क साउदी रियाल १५ मात्र तोकिएको छ।

सम्पर्क

शुल्क भुक्तानी तथा Approval का लागि एनआरएन साउदीका आधिकारिक पदाधिकारीहरूसँग सम्पर्क गर्न सकिनेछ।

संघका अध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान तथा केन्द्रीय कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ मार्फत आवश्यक सहयोग लिन सकिने जनाइएको छ।

एनआरएन साउदीले साउदी अरबमा रहेका सबै नेपालीलाई संघमा आवद्ध भई संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरेको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha