मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

स्याङ्जा सहयोग समाज कतारद्वारा स्व. गोप सुनारको परिवारलाई सहयोग रकम हस्तान्तरण!

स्याङ्जा सहयोग समाज कतारद्वारा स्व. गोप सुनारको परिवारलाई सहयोग रकम हस्तान्तरण!

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • बिहिबार, पुस १७, २०८२

  • 900
    Views
स्याङ्जा सहयोग समाज कतारद्वारा स्व. गोप सुनारको परिवारलाई सहयोग रकम हस्तान्तरण!

दोहा कतार: स्याङ्जा सहयोग समाज कतारले स्व. गोप सुनारको लागि सहयोगार्थ संकलित रकम उनको  आश्रित परिवारजन लाई हस्तान्तरण गरेको छ। अर्जुन चौपारी गाउँपालिका बडा न. १ रैते, निवासी स्व. सुनार कतारमा  बिगत १५ वर्ष देखि कार्यरत थिए। स्याङ्जा सहयोग समाज कतारका पूर्व अध्यक्ष समेत रहेका सुनार सामाजिक संघ सस्थाहरु मा निकै क्रियाशील थिए। कतारमा रोजगारीको शिलशिलामा २१ जुन २०२४ शुक्रबारका दिन कार्यस्थलमा उनको असामयिक निधन भएको थियो।

आज मिति ०१ जनवरी २०२६ बिहिबार, स्याङ्गजा  सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिको समन्वयमा  उनको निवासमा एक कार्यक्रम आयोजना गरि, समाजका प्रथम उपाध्यक्ष टेक गैह्रेको अध्यक्षता एवंम् समाजका समरक्षक एवंम् अन्तराष्ट्रियका  पुर्व अध्यक्ष, टुकराज अर्यालको प्रमुख अथितिमा, बाकि रहेको अन्तिम रकम १,२४,९१०/- (एक लाख चौबिस हजार नौसय दश) समाजका अन्य व्यक्तित्वहरु को रोहवरमा बुझाईएको हो । उनको निधन पश्चात तत्कालिन समाजका अध्यक्ष प्रकाश परियारको कार्यकालमा नै वरिष्ठ उपाध्यक्ष एवम बर्तमान अध्यक्ष घनश्याम जैसीको संयोजकत्वमा संकलित सहयोग रकम नेरु ३,१६,६४३/- (तिन लाख सोह्र हजार छ सय त्रिचालिस रुपैया) तत्काल हस्तान्तरण गरेको थियो ।

सहयोगीहरु बाट बोलिएका केहि रकम समयमा उठ्न नसकेकाले तथा सहयोग रकम अधिकतम बनाउन सके परिवारलाई केहि सहुलियत हुने भन्ने उदेश्यका साथ लगातार फलो गरि उक्त रकम जुटाएर पूर्णता दिएको समाजका अध्यक्ष अर्यालले जानकारी दिएका छन् । स्याङ्गजालीहरु को एक मात्र साझा संस्था स्याङ्गजा सहयोग समाजले भई परि आउने बिभिन्न मानबिय कार्यहरुमा घरदेश देखि परदेशसम्म सहायता गर्दै आएको छ । उक्त घटना पश्चात तत्कालिन अध्यक्ष बिरेन्द्र जंघ के.सी. को कार्यकालमा स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिका  तर्फबाट सहयोग नगद रकम नेरु २५,०००/- (पच्चीस हजार) प्रदान गरिएको थियो । अहिले सम्ममा यो समेत गरेर कुल  ४,६६,५५३/- (चार लाख छैसट्ठी हजार पाँच सय त्रिपन्न) नगद सहयोग रकम हस्तान्तरण गरीएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha