मङ्लबार, बैशाख २९, २०८३ | May 12, 2026

ताबुकमा नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा घुम्ती शिविर सम्पन्न

ताबुकमा नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा घुम्ती शिविर सम्पन्न

  • देबी बहादुर सुतारकार्की

  • आइतवार, पुस १३, २०८२

  • 370
    Views
ताबुकमा नेपाली महावाणिज्यदूतावास जेद्दाद्वारा घुम्ती शिविर सम्पन्न

ताबुक, साउदी अरब नबिन सन्चार

नेपाली महावाणिज्यदूतावास, जेद्दाको आयोजनामा तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तर्गतको क्षेत्रीय समन्वय समिति ताबुकको समन्वयमा ताबुकमा एक दिने घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

साउदी अरबको उत्तरी क्षेत्रमा अवस्थित ताबुकमा शुक्रबार आयोजित शिविरमार्फत राहदानी नवीकरण फाराम संकलन, नविकृत राहदानी वितरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो।

महावाणिज्यदूतावास, जेद्दाबाट दिनेश पण्डित, सुमन वाग्ले तथा सुभाष यादवले सेवा प्रदान गरेका थिए। कार्यक्रमको समन्वय क्षेत्रीय समन्वय समिति ताबुकका अध्यक्षको नेतृत्वमा समितिका पदाधिकारीहरू तथा विभिन्न समाजसेवीहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो।

कार्यक्रममा ताबुकसहित दुबा, हाकल, शर्मा, अलवज, आरआर, ताइमा लगायत टाढा–टाढाका क्षेत्रबाट आएका नेपालीहरूले सेवा लिएका थिए।

शिविरमार्फत १७२ जना सेवाग्राहीले राहदानी नवीकरण आवेदन, नविकृत राहदानी वितरण तथा साउदी अरबमा रहँदा गर्न हुने र नहुने कार्यसम्बन्धी सचेतना सेवा प्राप्त गरेका थिए।

साप्ताहिक बिदाको दिनसमेत सेवाग्राहीहरूको सहजतालाई प्राथमिकता दिँदै सेवा प्रदान गर्ने महावाणिज्यदूतावास, जेद्दा तथा क्षेत्रीय समन्वय समिति ताबुकका पदाधिकारीहरूलाई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरबले धन्यवाद व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha