बुधबार, बैशाख ९, २०८३ | April 22, 2026

साबिक प्रवासी एकता मञ्चले सिफारिस गर्‍यो समानुपातिकमा ४ जनाको नाम

साबिक प्रवासी एकता मञ्चले सिफारिस गर्‍यो समानुपातिकमा ४ जनाको नाम

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, पुस १३, २०८२

  • 287
    Views
साबिक प्रवासी एकता मञ्चले सिफारिस गर्‍यो समानुपातिकमा ४ जनाको नाम

दोहा कतार: साबिक नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको तर्फबाट समानुपातिकमा नाम सिफारिस गरेको छ। नेपाली कम्युनिस्ट पार्टीलाई प्रवास क्षेत्रबाट आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकमा सम्भावित ४ जनाको नाम सिफारिस गरेको हो।

जापानबाट दोर्ण सिलवाल, अमेरिकाबाट सीता खरेल, कुवेतबाट देवशमसेर घिसिङ र कतारबाट सनोबर जँहा सिफारिस भएका छन्।प्रवासका संगठनहरु एकता नभइसकेकोले साबिकका आआफ्ना संगठनले पार्टीले मागे अनुसार समानुपातिक सांसदको नाम पठाएको हो।पार्टीको विशेष सर्कुलर अनुसार माग गरिए बमोजिम ४ जनाको नाम प्रवास संगठनले बनाएको सिफारिस कार्यदल तथा पदाधिकारीको बैठकले सर्बसम्मत निर्णय गरेर पठाइएको साबिक प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समितिले जनाएको छ।

नेपाली कम्युनिस्ट पार्टीले पुष १० गते आफ्ना मातहत कमिटीहरूलाई  विशेष सर्कुलर पठाएर आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकका सम्भावित उम्मेदवारको नामावली पठाउन भनेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha