शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएनएमा सदस्यता पुनः खुला, ९ जनवरीभित्र नबने महाधिवेशनमा सहभागी हुन नपाउने

एनआरएनएमा सदस्यता पुनः खुला, ९ जनवरीभित्र नबने महाधिवेशनमा सहभागी हुन नपाउने

  • रोशन अर्याल, नबिन संवाददाता, दोहा-कतार ।

  • मङ्लबार, पुस १, २०८२

  • 240
    Views
एनआरएनएमा सदस्यता पुनः खुला, ९ जनवरीभित्र नबने महाधिवेशनमा सहभागी हुन नपाउने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाभित्र एकता सुनिश्चित गर्दै आगामी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यसहित सदस्यता सम्बन्धी नयाँ कार्यविधि सार्वजनिक गरेको छ। सो कार्यविधिअनुसार सदस्यता पुनःखोल्ने निर्णय गरिएको हो ।

कार्यविधिअनुसार सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउन Members Registration System (MRS) प्रणाली प्रयोग गरिनेछ। यसका लागि गौरव जोशी, बाबुराम लामिछाने, सुदिप गजुरेल (अमेरिका), दिनेश बञ्जारा (अष्ट्रेलिया) र बालकृष्ण श्रेष्ठ (फिनल्याण्ड) सदस्य रहेको सदस्यता व्यवस्थापन समिति गठन गरिएको छ ।

नयाँ कार्यतालिकाअनुसार १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा सबै पक्षका व्यक्तिहरूलाई सहभागी हुन अवसर दिन एक महिनासम्म सदस्यता आवेदन खुला गरिनेछ। यस अवधिमा छुटेका सबै योग्य व्यक्तिहरूले MRS प्रणालीमार्फत सदस्यता दर्ता गर्न सक्नेछन् ।

कार्यविधिमा सदस्यहरूको विवरण संकलन, प्रमाणीकरण तथा शुल्क व्यवस्थापनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ। एउटै देशमा दुईवटा एनसीसी भएमा सदस्यता शुल्क संयुक्त खातामार्फत संकलन गरी पछि संस्थाको आधिकारिक खातामा जम्मा गरिने उल्लेख छ। नगद, बैंक तथा अनलाइन माध्यमबाट संकलन गरिएका शुल्कहरूको जिम्मेवारीसमेत तोकिएको छ ।

संस्थाले यो कार्यविधिले एनआरएनएभित्र देखिएको विवाद अन्त्य गर्दै संगठनलाई एकताबद्ध दिशामा अघि बढाउने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha