शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

एनआरएन एनसिसि कतारको २३ औं स्थापना दिवस बिबिध कार्यक्रम सहित सम्पन्न

एनआरएन एनसिसि कतारको २३ औं स्थापना दिवस बिबिध कार्यक्रम सहित सम्पन्न

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • शनिबार, मंसिर २८, २०८२

  • 495
    Views
एनआरएन एनसिसि कतारको २३ औं स्थापना दिवस बिबिध कार्यक्रम सहित सम्पन्न

दोहा कतार:   गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले हरेक बर्ष जस्तै यो वर्ष पनि संस्थाको २३ औं स्थापना दिवस तथा उईन्टर् आउटडोर कार्यक्रम-२०२५, भव्यताका साथ मनाएको छ। हिज शुक्रबारका दिन ब्वाक्रामा अवस्थित रमणीयस्थल समुन्द्री तटमा परिषदसंग स्थापनाकाल देखि जोडिनु भएका एनआरएन अभियान्ताहरु सहित बिबिन्न संघ सस्थाहरु का प्रतिनिधिहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्दिजिबी, कलाकार, पत्रकार, खेलाडी  तथा परिषद सदस्यहरु को  बाक्लो उपस्थिति रेहेको कार्यक्रममा, परिषद कतारका अध्यक्ष पदम गिरिको सभापतित्वमा सम्पन्न भएको हो ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष राज रेग्मी प्रमुख अथिति रहेको कार्यक्रम, विधिवत दिप प्रज्वलनका साथ ब्यानर अनावरण गरि समुद्घाटन गरेका थिए । उपस्थित विशिष्ट अथितिहरु सहितले केक काटेर खुशियाली साटासाट गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै परिषद् कतारका प्रथम उपाध्यक्ष रोशन अर्यालले स्वागत मन्तब्य राखेका थिए । कतारमा कार्यरत स्थानीय  कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । नेपाली स्वादिष्ट परिकारहरु सहित सामुहिक बनभोजको कार्यक्रम समेत रहेको थियो ।

नेपालीका लागि नेपाली भन्ने मूल नाराका सास्था १२ डिसेम्बर २००३ मा स्थापना भएको यो प्रवासीहरु को एक मात्र पबित्र सस्थाले सामाजिक कार्यहरु मात्र नभई बिभिन्न काल खण्डहरु स्वदेशमा भई परि आउने बिपत्तिहरुमा समेत सहायता गर्दै आएको छ। विशुद्ध सामाजिक भावनाका साथ स्थापना भएको सस्थाले  प्रवासमा रहेका नेपालीहरु को पिडामा मलम लगाउने एवंम् देशलाई समृद्ध तर्फ उन्मुख गर्न बिभिन्न महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । एनसीसी कतारले पनि यहि मूल उधेश्यका साथ बिभिन्न सामाजिक कार्यहरु,मानबिय परोपकारी गतिबिधिहरु संचालन गर्दै आएको छ।

कार्यक्रममा उपस्थित बिभिन्न बक्ताहरु ले मन्तब्य दिने क्रममा २३ औं स्थापना दिवसको शुभकामना दिंदै, अहिले संस्थामा देखिएको फुटका कारण कुनै पक्षलाई लाभ नरहेको एकतामा नै बल हुने, केन्द्रमा भएको सहमति अनुसार एकता हुनुपर्ने माथि जोड दिएका छन् । गैरआवासीय नेपाली संघका संस्थापक उपाध्यक्ष डा. देवकाजी डंगोलले यो संस्थाको परिकल्पनाका कसरि भयो भन्नेबारे, प्रकाश परेका थिए। डा. डंगोलले आफुहरुले परिकल्पना गरेर जन्माएको पबित्र सस्थालाई बर्तमान अबस्थासम्म आईपुग्दा, अहिले देखिएको मत-विभेदका कारणले गर्दा विभाजित हुन पुगेकोमा दु:ख प्रकट गर्दै, भर्खरैमात्र केन्द्रमा भएको सहमति अनुसार सम्बन्धित सम्पूर्णलाई एकतावद्ध भएर जानका लागि आग्रह गरेका छन् ।

यसैक्रममा, पूर्व मानार्थ सदस्य तथा एनआरएन अभियान्ता बिमल सुबेदीले एकताका लागि भएका पहल “घन घोटी बन्चरो” गर्दा पनि सार्थकता पाउन नसक्दा निराशा लागेता पनि अहिले भएको प्रयास र यो कार्यक्रमले एकताको सन्देश दिएको  बताएका छन् । संस्थापक सदस्य एवंम् एनआरएन अभियान्ता सागर नेपालले कसैले गरेको गल्तिको सजाय नेपाली समाजले भोग्नु हुदैन, यहाँको निकायहरुमा विवाधित भएर जान नहुने, एकता अपरिहार्यहो, संस्थापन पक्षसंग मिलेर जाने ढोका खुलेकोले व्यक्तिगत डाह लाई पर राखेर मिल्नुको कुनै बिकल्प नरहेको वताएका छन् । बर्तमान परिषद मानार्थ सदस्य एवंम् पुर्ब अध्यक्ष महोम्मद मुक्तादा मुसलमानले, विधिको बिधान अनुसार बनेको संस्थापन पक्ष, यहि नै आधिकारिक संस्था भएकाले बाहिर रहनुहुने साथीहरु लाई घर भित्र छिर्नका लागि आईसीसीले ढोका खोलिदिएको छ । एमआरएस प्रणाली खुल्ला हुने र सोहि प्रणालीबाट बाहिर हुनुहुने सम्पुर्णलाई सदस्यता भरेर एकै घरभित्र आउन र एकताको सन्देश दिनका लागि जानकारी सहित आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अथिति रेग्मीले २३ औं स्थापना दिवसको शुभकामना दिंदै पछिल्लो समयमा एनआरएनमा देखिएको विवादका कारण आफुले उल्लेखनीय भूमिका खेल्न नसकेको, हरदम एकताको पक्षमा अडान रहेकाले अहिले यो साकार भएको र आगामी दिनमा यसले पूर्णता लिने बिश्वास सहित आज एनसीसी कतारले गरेको कार्यक्रमबाट एकताको सन्देश दिएको बताएका छन् । सभापति गिरीले कार्यक्रमको समापन गर्दै, स्थापनाकाल देखि अहिले सम्म यो सस्थालाई यहाँ सम्म ल्याउनेहुने सम्पूर्णलाई स्मरण गर्दै धन्यबाद ज्ञापन गरेका थिए । राष्ट्रिय समन्वय समितिको बिधान तथा अन्तराष्ट्रियको बिधान अनुसार बनेको यो आफुले नेतृत्व गरेको संस्थापन पक्ष भएकाले जिम्मेवारी पुर्बक एकताको प्रयासलाई पूर्ण गर्न कुनैपनि अबस्थामा समाजका लागि तयार रहेको बताएका थिए । कार्यक्रमको सहजता संस्थाका महासचिव शिब भुजेलले गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha