शुक्रबार, माघ १७, २०८२ | January 30, 2026

पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ मनाउदै

पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ मनाउदै

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • बुधबार, मंसिर २५, २०८२

  • 283
    Views
पर्वत जलजला समाज कतारले नयाँ वर्ष २०२६ मनाउदै

दोहा, कतार: बिक्रम संवत २०८० सालमा कतारमा स्थापना भएको,कतारलाई कर्मथलो बनाउँदै आएका पर्वतबासीहरुको साझा संस्था पर्वत जलजला समाज कतारले “अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना आदानप्रदान एवंम् बृहत् वनभोज कार्यक्रम” को आयोजना गर्ने भएको छ। यहि आउँदो शुक्रवारका दिन विविध सांस्कृतिक कार्यक्रमका साथमा कतारको अल दोसरी पार्क, सहानियामा भव्य रूपमा सम्पन्न गर्ने भएको हो ।

 गण्डकीको सेरोफेरो एवंम् यस क्षेत्रमा प्रशिद्ध रहेका चुड्का नृत्य, मयुर टप्पा जस्ता मौलिक प्रस्तुतिहरु समावेस गरिएको कार्यक्रममा कतारमा रहेका एक दर्जन भन्दा बढी स्थानीय कलाकारहरूले  बेजोड् सांगीतिक प्रस्तुतिहरु दिने छन् । साथमा अन्य विविध मनोरन्जनात्मक प्रस्तुतिहरु सगैं परिवारमैत्रीको साथमा नेपाली परिकारहरूको व्यवस्था समेत रहने  रहेको समाजका अध्यक्ष देवराज कार्कीले बताए ।

प्रदेशी मुलुकमा रोजगारीको शिलशिलामा रहदै गर्दा बिभिन्न चाड पर्वहरु सामुहिकरुपमा मनाउने क्रममा आउँदै गरेको अङ्ग्रेजी नयाँ वर्षलाई खुसीयाली पूर्वक मनाउनुका साथै प्रवासमा रहेका नेपालीहरूबिच आपसी भेटघाट,एकता,भाईचारा,सम्बन्ध र सांस्कृतिक पहिचानलाई मजबुत बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । शुक्रवार बिहान ११ बजे देखी कार्यक्रम सुचारु हुने कार्यक्रमको सम्पूर्ण तयारीहरु पूर्ण भैसकेको कार्यक्रम संयोजक सूर्य बहादुर खत्रीले नबिन संचारलाई जानकारी दिएका छन् । साथै कतारमा स्थापित नेपाली समुदायका संघ-सस्था, सामाजिक अगुवा, बुद्धिजीवी,समाजसेवी तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भएर सफल बनाई दिन समाजले अनुरोध समेत गरेको छ । 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha