मङ्लबार, मंसिर १७, २०८२ | December 2, 2025

नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न

नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न

  • रोशन अर्याल संवाददाता नबिन संचार, कतार ।

  • आइतवार, मंसिर १५, २०८२

  • 102
    Views
नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न

दोहा कतार : नेपाल तामाङ घेदुङको पहिलो प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारको चौथो ऐतिहासिक अधिवेशन गत शुक्रबारका दिन प्लाजा महलमा अबस्थित वेलफेयर रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ । एकसय आठ दीप प्रज्वलनसहित उद्घाटन गरिएको अधिवेशनको बन्द सत्रबाट फुर्बा ग्याबा तामाङ (सिन्धुपाल्चोक) को अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ । नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्रवास कार्यसमितिका अध्यक्ष कुमारी गोले तामाङ (सबिता) को सभाध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो  ।

कार्यसमितिको सह–अध्यक्ष दिल कुमार स्याङबो तामाङ (सोलुखुम्बु), वरिष्ठ उपाध्यक्ष बुद्ध रुम्बा तामाङ (नुवाकोट), उपाध्यक्षद्वय क्रमशः टिका घिसिङ तामाङ (धनकुटा) र सुर्जे  गोङ्बो  तामाङ (नुवाकोट), महिला उपाध्यक्ष सुनिता घिसिङ तामाङ (रामेछाप), महासचिव राम बहादुर पाख्रिन तामाङ (सिन्धुली), उप–महासचिव विनय बम्जन तामाङ (सिन्धुली), सचिव पिपलाल मोक्तान तामाङ (रामेछाप), महिला सचिव सीता लक्ष्मी घिसिङ तामाङ (दोलखा), कोषाध्यक्ष  शंकराम तामाङ (धादिङ), सह–कोषाध्यक्ष प्रेम तामाङ (नुवाकोट) रहेका छन् । नयाँ कार्यसमिति सदस्यहरूमा शिखा थोकर तामाङ (रसुवा), सुस्मिता स्याङबो (नुवाकोट), सपना घलान तामाङ (बारा), मृगलाल गोले तामाङ (सिन्धुपाल्चोक), राम ब्लोन तामाङ (गोर्खा), लक्ष्मण ब्लोन तामाङ (गोर्खा), माया दोङ तामाङ (काभ्रे), अलिक बोम्जन तामाङ (ललितपुर), राजु दोङ तामाङ (नुवाकोट), मनकुमारी तामाङ (काठमाडौं) रहेका छन् ।


त्यस्तै घेदुङ प्रवास कार्यसमिति मातहत रहेका भातृ संगठनहरू नेपाल तामाङ ताम्बा, लामा, संस्कृति, युवा, महिला घेदुङ प्रवास कार्यसमिति कतारका अध्यक्षहरू क्रमशः लाल बहादुर गोले तामाङ, छेसाङ लामा, सानो बाबु तामाङ, सन्दीप तामाङ र फुलमाया थिङ्ग तामाङ पदेन सदस्य रहेका छन् । निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक दीपेन्द्र घलेले पद तथा गोपनीयताको मातृभाषामा शपथ ग्रहण गराएका थिए ।   संघीय सदस्य बिनेश कुमार तामाङको विशेष आतिथ्यता रहेको अधिवेशनमा कतारमा स्थापित विभिन्न वैचारिक, सामुदायिक, प्रदेश र जिल्ला संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।कार्यक्रम विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राख्दै तामाङ समुदायभित्र एकताको आवश्यकता रहेको औँल्याए । प्रमुख अतिथि श्रेष्ठले तामाङहरूको एकता नारामा मात्र सीमित भएको जस्तो महसुस आफूले गरेको बताउँदै, कतारमा रहेका तामाङहरूबीचको एकताका लागि जनजाति महासंघ कतारले आफ्नो स्थानबाट पहल गर्ने सँगसँगै हातेमालो गर्ने वातावरण घेदुङको अधिवेशनले सिर्जना गरेको आफूले महसुस गरेको र घेदुङको इतिहासमा पहिलो पटक जनजाति महासंघलाई प्रमुख अतिथिका लागि सम्मानसहित स्थान प्रदान गरेकोमा आयोजकप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

अधिवेशनमार्फत कार्यकाल भरी आ–आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउने पत्रकार, सहयोगीहरू, सहकार्य गरिएका संघसंस्थाहरू,आदिवासी जनजातिका विभिन्न मातृसंस्थाहरु, कलाकारहरू लगायतलाई सम्मान गरिएको थियो ।सह–अध्यक्ष वाङ्जु लामाले स्वागत गरेको अधिवेशनमा साङ–सेरकेम ताम्बा गीतसहित सामूहिक गीतद्वारा स्वागत गरिएको थियो ।कार्यक्रम अवधिभर कलाकारहरूले, म्हेन्दोमाया, सेलो विभिन्न भाषा भाषीका गीतमा विभिन्न सागितिक प्रस्तुति दिएका थिए । महासचिव रामबहादुर पाख्रिन र सचिव विनय बोम्जन तामाङले मिलेर सहजीकरण गरेको खुल्ला सत्रको समापन गर्दै सभाध्यक्ष तामाङले कार्यकालमा साथ सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेकी थिइन् । सेप्टेम्बर एक २०२३ मा सम्पन्न तेस्रो अधिवेशनबाट विकास स्याङ्तान तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपनि विकास करिब एक वर्ष पहिले कतार बसाइँलाई अनौपचारिक रूपमा बिट मार्दै नेपाल फर्किएपछि घेदुङको नेतृत्व सबिताको काँधमा आएको थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Naveen Sanchar Griha