बुधबार, कार्तिक १२, २०८३ | October 28, 2026

नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

  • Naveen Sanchar

  • शनिबार, मंसिर ७, २०८२

  • 428
    Views
नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्यबारे चर्चा

माधव अधिकारी
काठमाडौँ । समाजशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयको आयोजनामा नयाँ पुस्ता र नेपालमा समाजशास्त्रको भविष्य विषयक समाजशास्त्रको वार्षिक सम्मेलन त्रिवि केन्द्रीय पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिवि उपकूलपति प्रा.डा. दीपक अर्यालले नेपालमा समाजशास्त्रको विकास र प्रवद्र्धनमा त्रिविको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । त्रिवि समाजशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख डा. पासाङ्ग शेर्पाले नेपालको समाजशास्त्रीय चिन्तनमा नयाँ पुस्ताको सहभागिता प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजशास्त्रीले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागीका जिज्ञासाको जवाफ दिनुभएको थियो ।  तीनवटा सत्रमा १२ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।


सोही अवसरमा विभागद्वारा प्रकाशित नेपाल जर्नल अफ सोसियोलोजीको विमोचन समेत गरिएको थियो । जर्नलबारे पूर्व विभागीय प्रमुख प्रा.डा. गणेशमान गुरुङ्गले प्रकाश पार्नुभएको थियो । समारोहमा विश्वविद्यालय क्याम्पस, कीर्तिपुरका प्राचार्य प्रा. डा.अक्कल देव मिश्र, सहायक डीन डा चिरन्जिवी आचार्य, पूर्व विभागीय प्रमुख प्रा.डा. गणेशमान् गुरुङ, प्रा डा कैलाशनाथ प्याकुरेल, प्रा डा तुल्सीराम पाण्डे, नेपाल र एशियाली अध्ययन केन्द्रका निर्देशक डा. मृगेन्द्र बहादुर् कार्कीले बोल्नुभएको थियो ।   पूर्वविभागीय प्रमुख, प्राध्यापक र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा प्रा.डा. सुरेन्द्र मिश्रले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहको सञ्चालन डा. टीकाराम गौतमले गर्नुभएको थियो ।

 

 


सम्बन्धित समाचार
अपाङ्गता भएका व्यक्तिहरूको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले च्यारिटी कार्यक्रम गर्ने  लन्डन। बेलायतमा क्रियाशील गुल्मी जिल्ला समाज यूकेले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र सामाजिक समावेशिताको सन्देश फैलाउने उद्देश्यसहित च्यारिटी कार्यक्रम आयोजना गर्ने भएको छ।  लेस्टरशायरको मार्केट हार्बरोमा आगामी ६ डिसेम्बर २०२६, आइतबार आयोजना हुने कार्यक्रममा सामाजिक सेवासँगै नेपाली कला, संस्कृति र मौलिक परम्परालाई समेत प्राथमिकता दिइनेछ।  अपाङ्गता भएका व्यक्तिहरूको हकहित र समान अवसरका विषयलाई समाजमा स्थापित गर्न जनचेतना अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। यस्ता गतिविधिले सामाजिक उत्तरदायित्वबोध बढाउनुका साथै समुदायमा सहयोग, सद्भाव र मानवीय संवेदनाको भावना बलियो बनाउने अपेक्षा गरिएको छ।  कार्यक्रममा प्रथम गुल्मी नौमती बाजा समूहले विशेष सांगीतिक प्रस्तुति दिनेछ। नेपाली मौलिक संस्कृतिको पहिचानका रूपमा रहेको नौमती बाजाको प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थप्ने विश्वास गरिएको छ।  दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा वयस्कका लागि ३० पाउन्ड र ६ देखि १४ वर्षसम्मका बालबालिकाका लागि १५ पाउन्ड प्रवेश शुल्क तोकिएको छ। पाँच वर्षमुनिका बालबालिका तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकले भने निःशुल्क प्रवेश पाउनेछन्। सहभागीका लागि खानाको व्यवस्था पनि प्रवेश शुल्कमै समावेश गरिएको छ।  समाजका प्रवक्ता सुरेश केसीले कार्यक्रमको समन्वय गरिरहेका छन्। समाजकी अध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमलाई सफल बनाउन बेलायतमा रहेका नेपाली समुदाय, शुभेच्छुक तथा सामाजिक सेवामा रुचि राख्ने सबैलाई सहभागिताका लागि निमन्त्रणा गरेकी छन्।  सामाजिक सेवाको भावनालाई सामुदायिक एकता र नेपाली सांस्कृतिक पहिचानसँग जोड्ने यस कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूप्रति सम्मान र सहयोगको वातावरण निर्माण गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
ताजा अपडेट

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha