शुक्रबार, फाल्गुन ८, २०८२ | February 20, 2026

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा बाढीपीडितलाई ३ लाख ५० हजार सहयोग

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा बाढीपीडितलाई ३ लाख ५० हजार सहयोग

  • देबी बहादुर कार्की

  • बिहिबार, अशोज ३०, २०८२

  • 214
    Views
अन्तर्राष्ट्रिय झापाली समाजद्वारा बाढीपीडितलाई ३ लाख ५० हजार सहयोग

बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजले झापाका बाढीपीडितहरूका लागि ‘एकका लागि एक अभियान’ मार्फत ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ।

मंगलबार समाजका अध्यक्ष महेन्द्र चौलागाईले अभियान संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम हस्तान्तरण गरे।

सहयोग हस्तान्तरण कार्यक्रममा समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, महासचिव चिरन खवास, सदस्य भिष्म ओलीसहित अभियानतर्फबाट नविनकुमार गट्टानी, एकराज गिरी, रोनक बंशल, मिजास पोखरेल र बिनोद पाण्डेको उपस्थिति थियो।

सोही अवसरमा समाजसेवी लोकनाथ चौलागाईले पनि व्यक्तिगत रूपमा ६० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए।

संयोजक गिरीका अनुसार, हालसम्म उक्त अभियानमार्फत झापाका करिब २ हजार परिवारले राहत पाइसकेका छन्। उनले अभियानको कोषमा हाल १ करोड रुपैयाँभन्दा बढी रकम रहेको र आगामी चरणमा ५ करोड पुर्‍याउने योजना रहेको जानकारी दिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Naveen Sanchar Griha